रसुवां । काठमाडौंबाट चिलिमेतर्फ जाँदै गरेको यात्रुबाहक बस मंगलबार रसुवाको राम्चेमा दुर्घटना हुँदा १२ जनाको निधन भएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार बस सडकबाट डेढ सय मिटर तल झरेको छ ।
घटनामा घाइते भएका ३० जनालाई उपचारका लागि त्रिशुली अस्पतालमा लगिएको छ । रसुवा प्रहरीका अनुसार सडकबाट यात्रुहरू बस र ढुंगाले थिचिएको देखिएको छ । प्रहरीले २० जना घाइतेलाई भिरबाट उद्धार गरेको छ ।
बस दुर्घटना भएको सडक चीनबाट इन्धन ल्याउन ट्याङ्कर हिँड्ने बाटो हो । घटनास्थल सदरमुकाम धुन्चेबाट १५–२० किलोमिटर टाढा पर्दछ ।