arrow

तीन प्रदेशको सीमा विवाद

logo
मेनका चौधरी,
प्रकाशित २०७५ माघ २८ सोमबार

धम्बोझी ।  प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिमका सीमामा रहेका बर्दियाको करीब सयौँ बिघा जमीनमा विवाद भएको छ । बर्दियाको बाँसगढी र सुर्खेतको भेरीगङ्गा  नगरपालिकाबीच जमीनको विवाद छ । बबई नदी वरिपरि बर्दियाको बाँसगढी र पारि सुर्खेतको भेरीगङ्गा नगरपालिका जोडिए पनि नक्शामा भने  सुर्खेतको हर्रेडाँडादेखि तलको भूभाग बर्दियामै देखिएको छ ।

 सीमा  निर्धारण आयोग नबन्दा प्रदेशस्थित जिल्लाका सीमा विवाद अल्झिएको छ ।  सीमा विवाद सम्वन्धमा प्रदेश नं ५ का मुख्यमन्त्रीलाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराइएको कमाटु दिगो विकास समितिका बिन्तीराम थारुले बताए। “कर्णाली र बबई नदीको सीमा क्षेत्रमा रहेका  बर्दियाका भूमि विवादित छ”, उनले भने।
 
जिल्लाबाट सीमा विवादका उजूरी सङ्घीय तथा प्रदेश सरकारमा पेश भए पनि  आयोग गठन हुन नसक्दा विवाद समाधान भएको छैन । सीमा निर्धारणका लागि  संवैधानिक आयोग गठन गर्ने कानूनी व्यस्था छ । भूगोलको विवाद हुँदा विवादित  क्षेत्रमा परेका सर्वसाधारण समस्यामा परेको स्थानीयवासी बताउँछन् । ।

उक्त क्षेत्रमा कुन जिल्लाका तर्फबाट विकास गर्ने भन्ने तय नहुँदा समस्या देखिएको  हो । प्रदेश नं ५ को बर्दिया, कर्णाली र सुदूरपश्चिम प्रदेशबीच सीमा विवाद छ ।  बर्दियाको सीमाअन्तर्गत कर्णालीको सुर्खेत जिल्ला र सुदूरपश्चिमको कैलाली जिल्लामा सीमा विवाद रहेको जिल्ला समन्वय समितिका प्रमुख शङ्कर थारुले  बताए ।

 भेरीगङ्गा र बागढी नगरपालिकाको सीमा व्यवस्थित गर्न पहल गरिए पनि सुनुवाइ भएको छैन । सीमा निर्धारण गरी सङ्घीय तथा प्रदेश सरकारमा  पठाइए पनि सिमा विवाद समाधान भएको छैन । समन्वय समिति मार्फत सम्बन्धित प्रदेशका जिल्लासँग कुराकानी भइसकेको छ तर विवाद समाधान हुन  नसकेको प्रमुख थारुले बताए । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सोसम्बन्धी विषय सङ्घमा राखिने जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ