arrow

संघीय सरकार मधेस सरकारसँग र मधेसीसँग बेइमानी गर्दैछ : निधि

logo
राखी साह,
प्रकाशित २०७५ फागुन ५ आइतबार
nidhi5.jpg

जनकपुरधाम । नेपाली कांग्रेस नगर समिति जनकपुरधामको नगर सम्मेलन आइतबार सम्पन्न भएको छ । जनकपुर उद्योग बाणिज्य संघमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एबम पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधीको प्रमुख आतिथ्य तथा नगर सभापति मनोज कुमार साहको अध्यक्षता भएका छन्।

राजर्षि जनक सभा कक्षमा आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले वर्तमान सरकार देशमा धनजनको सुरक्षा गर्न असफल रहेका बताए। ‘संघीय सरकार प्रदेश सरकारसँग बेइमानी गर्दैछ र प्रदेश नम्बर दुईको मधेस सरकार मधेससँग र मधेसीसँग बेइमानी गर्दैछ’, नेता निधीले तर्क दिए।

‘प्रदेशमा आफ्नो प्रहरी छैन र कर्मचारी छैन तर संघीय सरकार त्यस विषयमा बिल्कुलै गंभीर नरहेको’ नेता नीधिले भने । नेता नीधिले भने ‘यो सरकार विदेश नीतिमा समेत फेल भयो भारत र चीन दुबैसँग सम्बन्ध विगार्‍यो।'

‘संमृद्ध नेपाल र सुखी नेपाली’ भन्ने वर्तमान सरकारको नारा झूठा नाराको रुपमा रहेको भन्दै नेता निधीले कांग्रेस नेता कार्यकर्तालाई यस विषयमा जनतालाई जानकारी दिन समेत आग्रह गरेका हुन् ।

नेपाली कांग्रेसका नेता तथा पूर्व खानेपानीमन्त्री महेन्द्र यादवले प्रदेश नम्बर दुईका सरकार भ्रष्टाचारमा लिप्त भएको र प्रदेश सरकार सयौं सहिदको बलिदानीलाई बदनाम गर्दै भ्रष्टाचारमा लिप्त रहेको तर्क राखे ।  प्रदेश मन्त्रीहरुले ५ लाख रुपैयाँ कमिसनका लागि सचिव कुट्न थालेको घटनाले सरकारको निर्लज्जता सावित भइसकेको पुर्ब मन्त्री यादवले बताए ।

कांग्रेस नेता आनन्द प्रसाद ढुंगानाले खड़ग ओली नेतृत्वको सरकारले संबिधान संसोधन गर्छ भन्ने विश्वास नभएको बताए। ढुंगानाले वर्तमान सरकारले भ्रस्टाचार र एकतंत्री शासन लादन खोजेको तर्क राखे। न्यायपालिकालाई वर्तमान सरकार कमजोर बानाउन लागि परेको आरोप ढुङ्गानाले लगाए।

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सद्स्य रामकृष्ण यादवले नगर र यहाँका नेताहरुले देशमा सकारात्मक रूपान्तरण गर्न धेरै ठुलो भूमिका निर्वाह गरेको जिकिर गर्दै भने, ‘हामी आफ्नै कारण २०४६ पछि अहिलेसम्म नगरमा चार तारे झंडा फहराउन किन सकेनौ विचार गर्नुपर्ने बेला भएको बताए। संगठन मात्र भएर हुँदैन हामीले अब संगठित हुनुपर्ने बेला आएको बताए ।

कार्यक्रममा नेपाली कंग्रेस प्रदेश नम्बर दुई का संसदीय दलका नेता रामसरोज यादवले वर्तमान प्रदेश २ सरकारमाथि प्रहार गर्दै अहिलेसम्म केहि गर्न नसकेको आरोप लगाए। नेता यादवले अहिलेको मुख्यमन्त्री  लालबाबु राउतको सरकार निकम्मा सरकार रहेको ठहर गर्दै जबसम्म यो सरकारले वीरगंजमा रहेको वीपी उद्यानलाई पहिले कै अवस्थामा नल्याए प्रदेश सभा संचालन हुन नदिने चेतावनी समेत दिए।

‘यो राउत नेतृत्वको सरकार भ्रस्टाचारमा लिप्त रहेको थुप्रै उदाहरण मीडियाहरुमा आई सकेको भन्दै नेता यादवले भने, यहाँ विधेयक ल्याउन कन्सल्टेंनसीलाई २५ लाख दिईन्छन यो भन्दा दुःखद अरु केहि न भएको बताए ।

नेपाली कांग्रेस धनुषाको सभापति महेशसंकर गिरीले भने नेताहरूले पार्टीभित्र विद्यमान अन्तरद्वन्द्वका कारण गत निर्वाचनमा पार्टी पराजित हुनुपरेको बताए। उनीहरूले दुःखदायी निर्वाचन परिणामबाट पाठ सिक्दै पार्टी संगठनलाई मजबुत गर्नुपर्नेमा जोड दिए।

पार्टी नेताहरूले कम्युनिस्ट सरकारको गलत कामका बारेमा पार्टीले जनतामाझ बहस चलाउनुपर्ने भन्दै जनताका हितमा कांग्रेसले संसद् र सडक दुवैबाट आवाज उठाउनुपर्ने सभापति गिरीले बताए ।

कार्यक्रममा नेपाल प्रेस युनियन धनुषा शाखा सम्पूर्ण कार्यसमितिलाई प्रमुख अतिथि निधीले टिका लगाई गम्छा ओढाएर सम्मानित गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ