arrow

सरकारी अस्पतालमा आकस्मिक बाहेकको सबै सेवा ठप्प

logo
प्रकाशित २०७५ फागुन १५ बुधबार
doctor-banner.jpg.jpeg

काठमाडौं । सरकारी अस्पतालमा कार्यरत डाक्टर बुधबारदेखि आन्दोलित भएका छन् । देशभरका १४ सय सरकारी डाक्टरले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । 

कर्मचारी समायोजन विधेयकमा आफूमाथि अन्याय भएको भन्दै विधेयक सच्याउनु पर्ने मागसहित सरकारी डाक्टरले बुधबारदेखि आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन् ।

सेवा सुविधा दिएर सरकारी सेवाप्रति डाक्टरलाई आकर्षित गर्नु पर्नेमा झन निरुत्साहीत पार्न खोजेको भन्दै आन्दोलन गर्नुपरेको सरकारी चिकित्सक संघ जनाएको छ । 

चिकित्सकहरुले बुधबारको स्वास्थ्य सेवा दिवस पनि बहिष्कार गरेका छन् ।

डाक्टरहरु आन्दोलित भएपछि बिरामीको फेरि एक पटक विचल्ली भएको छ । बिरामीहरु जानीनजानी फेरि निजी अस्पतालमा जान वाध्य भएका छन् । 

सरकारले एकातिर सबै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम नल्याउनु र अर्कातिर यसरी डाक्टरहरु आन्दोलित भइरहँदा आन्दोलनको मारमा पर्नुपरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ