प्याराग्लाइडिङ दुर्घटनामा अर्का रसियन नागरिकको मृत्यु
प्रकाशित २०७५ फागुन २१ मंगलबार
220
Shares
पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक रसियन नागरिकको मृत्यु भएको छ । पोखराको सराङकोटबाट उड्ने क्रममा दुर्घटनामा परेका उनको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बैदाम प्रहरी कार्यालयका प्रमुख कोमल शाहले जानकारी दिए।
सोमबार पनि माछापुच्छ्रे गाउँपालिका–९ ठाँटीमा पोर्चुगलका एक विदेशी प्याराग्लाइडिङ पाइलट करेन्ट लाग्दा भूइँमा झरेका थिए भने अर्का रसियन पाइलट मादी गाउँपालिका–७ छाचोकमा रुखमा अड्किएका थिए ।
आइतबार मात्र सराङकोटबाट उडेका रोमानियाका पाइलट इबि चिसजिरले प्याराग्लाइडिङ दुर्घटनामै ज्यान गुमाएका थिए ।