arrow

अस्पताल वर्गीकरण, कति शैयाको कुन तहमा ?

logo
प्रकाशित २०७५ फागुन २१ मंगलबार
health-ministry.jpeg

काठमाडौं ।  स्वास्थ्य मन्त्रायलले मातहतका अस्पताललाई प्राथमिक, प्राथमिक ए, प्राथमिक बि र ट्रसरी गरी चार तहमा वर्गीकरण गरी ती अस्पतालबाट उपलब्ध हुने सेवाबारे प्रष्ट पार्नाका साथै आफ्नो अधिकार प्रदेश र स्थानीय तहलाई हस्तान्तरणसमेत गरिसकेको छ ।

सङ्घीयता कार्यान्वयनमा अग्रणी रहेको मन्त्रालयले कति शैयाको अस्पताल कुन तहमा रहने र ती अस्पतालले कुन–कुन सेवा उपलब्ध गराउनुपर्ने भन्ने निर्देशिका जारी गरी स्पष्ट पारेको हो । मन्त्रालयका अनुसार स्थानीय तहमा कम्तीमा १५ देखि ५० श्ययासम्मको कम्तीमा एक प्राथमिक अस्पताल रहन्छ् । यी अस्पतालमा जनरल मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति, बाल तथा दन्त सेवा, २४सै घण्टा आकस्मिक सेवासहित प्रयोगशाला, एक्सरे, इसिजी सुविधा हुने व्यवस्था गरिएको छ । यस्ता अस्पताल १०० श्ययासम्म हुने गर्न निर्देशिकामा उल्लेख छ ।

खोप, पोषण कार्यक्रम, क्षयरोग उपचार तथा औषधि, सुरक्षित गर्भपतन सेवा, एचआइभीका एआरटी, एएनसी पिएनसी र परिवारनियोजन सबै सेवाका साथमा ७० प्रकारका औषधि निःशुल्क रुपमा ती अस्पतालमा रहने छन् ।

त्यस्ता अस्पतालमा नवौँ र आठौँ तहका विशेषज्ञ चिकित्सकसहित अन्य आवश्यक स्वास्थ्यकर्मी रहनेछन् । प्रदेश सरकारमा मातहतमा रहने प्राथमिक ए तहका अस्पताल १०१ देखि २०० सम्मका श्यया हुने र ३०० सम्म विस्तार गर्न सकिने निर्देशिकामा उल्लेख छ ।

प्राथमिक अस्पतलामा रहेका सबै सेवाका अतिरिक्त अर्थोपेडिक, नाक, कान, घाँटी, रेडियोलोजी, मानसिक र एनेस्थेसिया सेवासहित आइसियु पिआसियु, एनआइसियु र हेमोडाइलोसिस सेवा उपलब्ध हुनेछ । एक्सरे, युएसजी, इसिजी, सिटी स्क्यान, इन्डोस्कोपी, इकोकार्डियोग्राम र फिजियोथेरापी सेवा पनि रहने मन्त्रालयले जनाएको छ ।

यसैगरी प्रदेशअन्तर्गत नै रहने प्राथमिक बी तहका अस्पतालमा ५० श्ययादेखि १०० श्ययासम्म हुने र १५० श्ययासम्म विस्तार गर्न सकिने निर्देशिकामा उल्लेख छ । जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति सेवा, बालरोग तथा दन्तसेवा, अर्थोपेडिकसहित २४सैँ घण्टा आकस्मिक सेवा एक्सरे, इसिजी, फिजियोथेरापी र फार्मेसीलगायत रहन्छन् ।

यसैगरी सङ्घअन्तर्गत सञ्चालन हुने अस्पतालाई अति विशिष्टीकृत अस्पताल (ट्रसरी अस्पताल) रुपान्तरण मन्त्रालयले गर्दैछ । आधुनिक चिकित्सा विधाका सबै सेवा कार्डियोलोजी, युरोलोजी, नेफ्रोलोजी, न्युरोलोजी, ग्यास्ट्रोलोजी र वर्न-प्लास्टिक गरी सात विशिष्ट सेवासहित ३०१ देखि ७०० श्ययासम्म रहन्छन् । साथै एक हजार श्ययासम्मका यी अस्पताल हुनसक्ने भएका छन् ।

सात विशिष्ट सेवाबाहेक इन्टरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति सेवा, डेन्टल, बालरोग, अर्थोपेडिक, नाक, कान र घाँटी, मानसिक, चर्म, रेडियोलोजी र एनेस्थेसिया सेवा, २४सैँ घण्टा आकस्मिक सेवा, आइसियु, पिआइसियु, एनआइसियु, सिसीयु, हेमोडाइलासिस र कार्डिक क्याथरलाइजेसन सुविधा हुन्छन् ।

मन्त्रालयले विराटनगरको कोशी अञ्चल अस्पताल, वीरगञ्जको नारायणी क्षेत्रीय अस्पताल, चितवनको चिवन अस्पताल, नेपालजञ्जको भेरी अञ्चल अस्पताल र डेडल्धुराको क्षेत्रीय अस्पताललाई विशिष्टकृत सेवासहितको अस्पतालमा रुपान्तरण गर्ने उपप्रधानमन्त्री यादवले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ