arrow

दूध पिउने कारण बदलियो मानिसको डीएनए

logo
प्रकाशित २०७५ फागुन २२ बुधबार
milk-drink.jpg

काठमाडौं। जनावरहरुको दूधसँग प्रतिस्पर्धा गर्नको लागि बजारमा धेरै प्रकारका दूध आएका छन्। जस्तो कि भटमास वा बदामबाट बनाइएको दूध। यस किसिमका दूधहरु निकै लोकप्रिय पनि बन्दै गएका छन्। यो शाकाहारी मानिसका लागि निकै महत्वपूर्ण रहेको बताइएको छ। जनावरको दूधको विषयमा एक नयाँ विवरण सार्वजनिक भएको छ। विश्वका धेरै मुलुकमा जनावरको दूध पिउनु राम्रो मानिँदैन। सन् २००० मा चीनले देशव्यापीरुपमा डेरी उत्पादन र दूधको प्रयोग धेरै नगर्नका लागि आग्रह गरेको थियो।

चीनको पुरानो सभ्यतामा दूध पिउनु राम्रो मानिँदैनथ्यो। अहिले पनि धेरै चिनियाँ दूध पिउँदैनन्। इतिहास हेर्ने हो भने मानिसमा दूध पिउने बानी पनि धेरै पुरानो भने होइन। सबैभन्दा पहिला दूध पिउने बानी पश्चिमी मुलुकमा देखिएको थियो। उनीहरु सबैभन्दा पहिला गाई र अन्य जनावर पाल्न शुरु गर्ने मानिस हुन्।

मानिसको खानपानको कारण शारीरिक संरचनामा पनि परिवर्तन आएको हो। दूध पिउने बानीको कारण त्यसमा रहेको ल्याक्टो पचाउने क्षमता पनि विस्तार भएको पाइएको छ। अर्थात् लामो समयसम्म दूध पिउने बानीको कारण मानिसको डीएनए पनि परिवर्तन भयो। युरोपमा ९० प्रतिशत मानिसमा ल्याक्टो पचाउनसक्ने जीन छ भने एसिया र दक्षिण अमेरिकामा बस्ने धेरै मानिसमा यस किसिमको जीन पाइएको छैन। साथै धेरै अफ्रिकी मुलुकमा पनि यस्तो अवस्था छ।

सन् २०१८ मा बेलायती अखबार ‘द गार्जियन’मा सार्वजनिक भएको समाचारअनुसार धेरै कम्पनी बदाम र भटमासको दूधको बिक्री बढाइरहेको उल्लेख थियो। यस किसिमका दूधको व्यापार पनि बढ्दै गएको पाइएको छ। तर, अर्को एक प्रतिवेदनले भने सन् १९९८ देखि विशवभर दूधको उत्पादन बढिरहेको देखिएको छ। सन् २०१७ मा विश्वभर ८६ करोड ४० लाख टन दूध उत्पादन भएको प्रतिवेनमा उल्लेख छ। सन् २०३० सम्म विश्वमा दूधको माग करिब १ खर्ब १७ करोड टन पुग्ने अनुमान छ। अमरिकाजस्तो मुलुकमा पनि दूधको खपत घटिरहेको छ।

एसियाली मुलुकमा दूधको माग अत्यधिक बढिरहेको छ। स्वास्थ्यसम्बन्धी एक प्रतिवेदनले रातो मासु खान कम गर्नुपर्ने र आफ्नो खानामा एक गिलास दूध पनि सामेल गर्नुपर्ने उल्लेख गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ