arrow

एचआईभी मुक्त पहिलो बिरामीले गरे दोस्रो बिरामीलाई सार्वजनिक हुन आग्रह

बर्लिन प्यासेन्टको लण्डन प्यासेन्टलाई आग्रह

logo
प्रकाशित २०७५ फागुन २२ बुधबार
Timothy_Ray_Brown-HIV.jpg

एजेन्सी। एचआईभी पोजिटिवबाट निको भएका दोस्रो ब्यक्तीको समाचारले पहिलो ब्यक्ती उत्साहित भएका छन्। अहिलेसम्म गोप्य राखिएका दोस्रो ब्यक्तीले आफुलाई सार्वजनिक गर्नु पर्ने धारणा पनि पहिलो ब्यक्ती टिमोटी रे ब्राउनले राखेका छन्।

एचआइभी पोजिटिवबाट पुरै निको भएका ‘बर्लिन प्यासेन्ट’ नामले चिनिएका अमेरिकी नागरिक टिमोटी रे ब्राउन बिगत १२ बर्षदेखि एचआईभी मुक्त जिवन बिताईरहेका छन्। उनले बिगत बाह्र बर्षदेखि एचआईभी बिरुधको औषधी सेवन गरेका छैनन्।

परिचय नखुलाईएका दोस्रा पुरुष बिरामीलाई सन् २००३मा एचआईभी संक्रमण भएको थियो भने उनले सन् २०१२ देखि औषधी सेवन गर्न थालेका थिए। उनलाई हज्किन्स लिम्फोमा नामको क्यान्सर भएको थियो। केमो थेरापीससँगै उनलाई अर्का मानिसको स्टेम सेल पनि प्रतारोपण गरिएको थियो।

उक्त प्रत्यारोपण पछि उनको क्यान्सर र एचआईभी दुवै नो हुने चरणमा गएका थिए।

पहिलो बिरामी ‘बर्लिन प्यासेन्ट’ले रक्त क्यान्सरको उपचारको क्रममा स्टेम सेल प्रत्यारोपण गरेका थिए र उनी पुर्ण रुपमा निको भएर बसेका छन्। उनको उपचार जर्मनको बर्लिनमा भएकोले उनलाई बर्लिन प्यासेन्ट नामाकरण गरिएको थियो।

त्यसैगरि दोस्रा बिरामीको उपचार लण्डनमा भएको हुनाले उनलाई ‘लण्डन प्यासेन्ट’ नामाकरण गरिएको छ। यो प्रक्रियामा युनिभर्सिटी कलेज लन्डन, इम्पीरिएल कलेज लन्डन, क्याम्ब्रिज र अक्स्फर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरू संलग्न रहेका छन्।

१८ महिनादेखि उनमा एचआईभीको कुनै जिवाणु नदेखिएको र उक्त कुरा यकिन गर्न अझ केही समय कुर्नु पर्ने अनुसन्धानकर्ताहरुले जनाएका छन्। ‘लण्डन प्यसेन्ट’ले एण्टी-रेट्रोभाईरल औषधी सेवन गर्न छाडेको १८ महिना भएको छ। एण्टी रेट्रोभाईरल एचआईभी पोजिटिवका बिरामीलाई रोगसँग लड्ने क्षमता प्रवर्द्धन गर्न दिने गरिन्छ ।

‘बर्लिन प्यासेन्ट’ले ‘लण्डन प्यासेन्ट’लाई सार्वजनिक हुन आग्रह गर्नुको कारण दुई जनाले एचआईभी निको हुन सक्छ भन्ने सन्देश फैलाउँदा अरु बिरामीहरु र चिकित्सकहरुमा उत्साहा भर्न सकिने तर्क गरेका छन्।

बर्लिन प्यासेन्टले आफ्नो जिवनकालमा दोस्रो ब्यक्ती निको हुने समाचार सुन्न नपाउने लगभग ठोकुवा गरेको न्युयोर्क टाईम्सले जनाएको छ। उनले ईमेल गर्दै भनेका छन्- ‘मेरो एचआईभी निको हुनुलाई एउटा संयोग मात्र मानेको थिए।‘ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ