arrow

गल्ती ढाक्न खोज्दा आफ्नो हैसियत देखाए प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले, लेखे यस्तो कविता 

logo
प्रकाशित २०७५ फागुन २७ सोमबार
bishnu-rimal.jpg

काठमाडौं । बिखण्डनको मुद्दा नछाडेका सिके राउतसंग ११ बुँदे सहमति गरेपछि केपी शर्मा ओली नेतृत्वको सरकार यतिबेला निकै आलोचनाको पात्र बनेको छ । 

सम्झौता गरेको ४८ घण्टा नबित्दै राउतका कार्यकर्ता फेरि स्वतन्त्र मधेशको नारा घन्काउँदै हिँडेपछि ११ बुँदाको धज्जी उडेको छ । सिके राउतसंग ओली सरकारले गरेका ११ बुँदे सहमतिहरु

जेलबाट छुटेको २४ घण्टा नबित्दै सरकारले भब्य कार्यक्रम गरी स्वतन्त्र मधेशका अभियन्ता सिके राउतसंग गरेको सहमतिलाई शंकाको दृष्टिले हेर्ने नेताहरुप्रति सरकारले शत्रुको दृष्टिले नै हेर्ने गरेको छ । 

सोही क्रममा प्रधानमन्त्री ओलीका सल्लाहकार विष्णु रिमालले सरकारको सहमतिप्रति शंका गर्ने त्यस्ता नेताहरुलाई नै ब्यङ्ग्य गर्दै कविता लेखेका छन् । 

सामाजिक संजाल ट्वीटरमा राखिएको उनको कविता यस्तो छ –
नेताहरू––
झुक्किए, फसे वा फसाईए
या तिनिहरूले गल्ति नै गरे पनि
कोईवात छैन – हामी धन्य छौं
मुलुक जोगाउने ‘एक–से–एक उहॉ’हरू हुनुहुन्छ।

आङ्  सिरिङ्ग हुन्छ
र, साह्रै आश्चर्य लागि रहेको छ,
‘उहॉहरू’ को जन्म अघि 
यो मुलुक कसरी जोगिए छ ?!



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ