arrow

परीक्षा केन्द्रमै सेनेटरी प्याड

logo
प्रकाशित २०७५ फागुन ३० बिहिबार
sanitary-pads.jpg

दमौली । एसइइ परीक्षामा सम्मिलित छात्रालाई परीक्षा केन्द्रमै सेनेटरी प्याड वितरण गरिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेकाले प्रदेशको सामाजिक विकास मन्त्रालयले तनहुँका परीक्षा केन्द्रबाटै सेनेटरी प्याड वितरण गर्न लागेको हो ।

उक्त मन्त्रालयका प्रमुख महिला विकास अधिकृत तुलसा अर्यालले महीनावारीलाई सहजरुपले लिइ परीक्षामा सहभागी गराउन यस्तो कार्यक्रम अघि सारिएको बताउनुभयो । उनले भने, “परीक्षा सञ्चालन भइरहेको समयमा महीनावारी भैइहाले आफूलाई सहज रुपमा लिनसकिन्छ भन्ने आत्मविश्वास उनीहरूमा बढ्ने भएकाले परीक्षा दिने वातावरण बनाउन परीक्षा केन्द्रबाटै सेनेटरी प्याडको व्यवस्था गर्न लागेका हौँ ।”

चैत १० गतेदेखि शुरु हुने एसइई परीक्षामा तनहुँमा ६ हजार ३५७ विद्यार्थी मध्ये २४ परीक्षा केन्द्रमा तीन हजारभन्दा बढी छात्रा सहभागी हुँदैछन् ।उक्त मन्त्रालयले छात्रा सङ्ख्याको अनुपातका आधारमा सेनेटरी प्याड खरीदका लागि जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले उक्त चेक समन्वय एकाइका निमित्त प्रमुख डिल्लीरमण भट्टराईलाई प्रदान गरेका हुन् ।  

निमित्त प्रमुख भटृराईले केन्द्राध्यक्षहरुलाई अभिमुखीकरणको समयमा यस विषयमा जानकारी गराई सहज रुपमा प्याड वितरणको व्यवस्था मिलाइने जानकारी दिए। उक्त मन्त्रालयले गण्डकी प्रदेशअन्तर्गतका मनाङ र मुस्ताङबाहेकका नौ जिल्लामा सेनेटरी प्याड खरीदका लागि झण्डै रु पाँच लाख रकम प्रदान गरेको छ । मनाङ र मुस्ताङमा छात्राको सङ्ख्या कमी रहेकाले रकम उपलब्ध गराउन नसकिएको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ