arrow

गण्डकी मेडिकल कलेजका खुमा अर्याल लगायतलाई पक्राउ गर्न उच्च अदालतले खोल्यो बाटो

logo
हाम्रा कुरा
प्रकाशित २०७५ फागुन ३० बिहिबार
Gandaki-Medical-College.jpg

कास्की। गण्डकी मेडिकल कलेज संचालक एवं प्रशासकहरु बिरुद्ध परेको ठगी मुद्दामा उच्च अदालत पोखराले जिल्ला अदालतको निर्णय सही रहेको भन्दै कानुनी रुपमा अघि बढ्न आदेश गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको उजुरी पछि गण्डकी मेडिकल कलेजका सञ्चालक मध्ये अध्यक्ष खुमा अर्यालसहित आठ जना फरार छन् । अध्ययनरत विद्यार्थीको उजुरीका आधारमा प्रहरीले २ जनालाई पक्राउ गरेको थियो । जिल्ला अदालतको निर्णयका बिरुद्ध अर्याल लगायत फरार रहेका ब्यक्तीहरुले वारेसनामा बाट उच्च अदालतमा Undisputable Legal Right मा आघात पुगेको भन्दै उजुरी गरेका थिए । उक्त उजुरीलाई उच्च अदालतले बदर गर्दै जिल्ला अदालतको आदेश कायम हुने निर्नय गरेको छ।

 उच्च अदालत पोखराले निर्णयमा भनेको छ ‘यसमा निवेदकहरु उपर मिति २०७५-११-२१ एवं सो पश्चात समेत ठगी सम्बन्धी अपराधको किटानी जाहेरी परेको देखिन्छ। जाहेरवालाले उल्लेख गरेका प्रतिवादीहरु मध्यका लक्ष्मण शर्मा एवम सन्तोष खनाल उपर अदालतको अनुमतीले पक्राउ पुर्जी जारी भएको एवं निवेदकहरु समेत उपर पक्राउ पुर्जी जारी गर्न कास्की जिल्ला अदालतबाट मिती २०७५-११-२३मा अनुमति प्राप्त भएको समेतको स्थितिमा निवेदकहरुको (Undisputed Legal Right)मा आघात पर्ने आशंकाको विद्यमानता भएको भन्ने नदेखिंदा निवेदकहरुको माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन। कानुन बमोजिम गर्नु।‘

 यो निर्णय पछि फरार रहेका खुमा अर्याल लगायतका अभियुक्तहरुलाई प्रहरीले पक्राउ गर्न बाटो खुलेको छ।

विद्यार्थीहरुको आरोप
गण्डकी मेडिकल कलेजले त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै उक्त कलेजमाथि अनुगमन गरी कारवाही गर्न माग गरिएको छ । एमबिबिएसमा अध्ययनरत विद्यार्थीलाई आर्थिकरुपमा ठगी गर्नुका साथै आफूहरुलाई परीक्षाबाट बञ्चित गराएकाले लामो समयदेखि विद्यार्थीले आन्दोलन गर्दै आएको जानकारी दिए । सो कलेजमा अध्ययनरत पीडित विद्यार्थीले कलेजले प्रतिविद्यार्थी रु आठ लाखदेखि रु १८ लाखसम्म चर्को शुल्क उठाएको र सोअनुसार अध्यापन तथा शैक्षिक सुविधा नदिएको तथा एमबिबिएसका ८६ विद्यार्थीलाई परीक्षा दिनबाट बञ्चित गरेको बताए।

कलेजमा एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी अनिल सिन्हाले आफूहरुले कलेजको सञ्चालक समितिका अध्यक्षसहित ११ जनामाथि ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीमा मुद्दा दर्ता गरेको जानकारी दिए  । उनले आफूहरुले ४० दिनदेखि आन्दोलन गर्दै आए पनि सरकार तथा कलेजले कुनै सनुवाइ नगरेको भन्दै ८६ विद्यार्थीले परीक्षा दिन नपाएको उल्लेख गरे। पाँच सय विद्यार्थीले अध्ययन गर्दै आएको सो कलेजमा ९० विद्यार्थी पीडित अवस्थामा रहेको उनले बताए ।

अर्का विद्यार्थी परिवर्तन शर्माले कलेजले आफूहरुबाट शुल्क तिर्न ढिलाइ भए १८ प्रतिशतसम्म ब्याज लिने गरेको, अतिरिक्त शुल्क, परीक्षा शुल्क, रजिष्टेसन शुल्क पनि चर्को उठाउने गरेको र त्योअनुसार कुनै पूर्वाधार नभएको बताउनुभयो । त्यस्तै शिक्षकलाई पनि पारिश्रमिक नदिइ ठगी गरिरहेको उनको भनाइ थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ