arrow

नेपालभर ५० लाख मिर्गौला पीडित

logo
प्रकाशित २०७५ फागुन ३० बिहिबार
kidney-failure.jpeg

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग, नेपाल मेडिकल स्टुडेण्ट सोसाइटीलगायत संस्थाद्वारा १४औँ विश्व मिर्गौला दिवसका अवसरमा सो रोगसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले आज वाकाथुन (पदयात्रा) गरिएको छ ।

शिक्षण अस्पतालदेखि शुरु भएको उक्त यात्रा बाँसबारीस्थित गङ्गालाल अस्पतालमा पुगेर टुङ्गीएको थियो । कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य खानपान र शारीरिक व्यायाममा ध्यान दिन सकेमा मिर्गौला रोग न्यूनीकरण तथा यसको सुरक्षा गर्न सकिने विचार व्यक्त गरे।

शिक्षण अस्पतालस्थित विभागका प्रमुख डा विद्यासिंह शाहले शरीरमा मिर्गौलाको महत्व तथा त्यससम्बन्धी लाग्न सक्ने प्रारम्भिक रोगबारे समाजमा चेतना फैलाउन सकेमा तथा नियमित स्वास्थ्य परीक्षण गरी यसलाई रोकथाम गर्न सकिने जानकारी दिए । सोसाइटीका अध्यक्ष सिद्धार्थ भण्डारीले मिर्गौलासम्बन्धी रोगका लक्षण तथा रोगबाट पीडितको सङ्ख्या देशभर करीब ५० लाख रहेको जानकारी दिए । उनले पछिल्लो समय मिर्गौला रोगी बढ्दै गएकामा चिन्ता व्यक्त गरे।

टोखास्थित ग्राण्डी अस्पतालले सो समस्याको सामान्य स्वास्थ्य परीक्षण तथा रोग न्यूनीकरणबारे करीब एक हजार जनालाई परामर्श दिएको जनाएको छ । तीनकुनेस्थित निःसहाय सेवा सदन (वृद्धाश्रम)मा शुक्रबार स्वास्थ्य परीक्षण तथा चन्दा सङ्कलन गरिनेछ । यस वर्ष ‘सबैका लागि सर्वत्र मिर्गौला स्वास्थ्य’ भन्ने सन्देश फैलाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ