arrow

दुई घण्टा हिडेर सिडिओले खुरकुट्टीलाई घरमै दिए नागरिकता

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ चैत ११ सोमबार
cdo_photo.jpg

बझाङ । बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बित्थड चिर गाउँपालिका–५ ओसैल घर भएकी ८० बर्षिया अशक्त खुरकुट्टी देवी महरलाई उनकै घरमा पुगेर नागरिकता दिलाएका छन् । बित्थड चिर गाउँपालिकाको देलेखमा नागरिकता शिबिर भई रहेका बेला अशक्त अपाङ्ग बृद्ध महिलालाई उनका आफन्तहरुले शिबिर भएको ठाउँमा ल्याउन नसकेपछि प्रमुख जिल्ला अधिकारी सुरेश सुनार दुई घण्टा डाडाँको ओरालो बाटो हिडेर महर कै घरमा पुगेर नागरिकता दिएका हुन्  ।

आँखा पनि नदेख्ने र बोल्न पनि नसक्ने बृद्ध खुरकुट्टी देबीलाई उनकै घरमा आएर प्रमुख जिल्ला अधिकारी सुनारले नागरिकता दिएपछि उनका आफन्त खुशी भएका छन् । डाँडाको खोचमा रहेको खुरकुट्टीको घरमा पुगेका प्रजिअ दुई  घट्टा हिडेर पुनह शिविर स्थानमै आएका थिए ।
 
गरिब परिवार त्यसैमा खुरकुट्टी बजैको नागरिता दिनका लागी अहिलेसम्म घर परिवारले सोचपनि पुरा हुन सकेको थिएन बित्थड तिर गाउँपालिका ५ का  वडा अध्यक्ष करविर वोहराले भने यसपाली जे होस सिडियो सापले हिड्न कष्ट नमाने पछि उनले नागरिता पाएको हो । यस अगाडी पनि यहाँ शिवीर भएका बेला टोली लाई गाँउगएर नागरिता दिन भनेका थियो तर  टाढा हिड्ने वाटो अप्ठेरो भएकाले कसैले जाने चाहना नगरेको पनि उनले भने ।  ८० वर्षकी खुरकुट्टीका अन्य छोरा बुहारी  श्रीमान सपाड्ग भएकाले उनिहरु सवैको भने नागरिता लिएका छन्  ।

नागरिता पाएपछि अव बजैको बृद्धभत्ता हुने भो खुशी हुदै उनका नाती पदमले भने सरहरुको टोली यहाँ आएर नागरिता दिदाँ राज्यपनि दुखी गरिब  हेर्ने रहेछ भन्ने प्रमाणित भएको छ । प्रजिअ सुनार संग प्रहरी नायब उपरिक्षक प्रबिण धिताल ससस्त्र प्रहरीका प्रहरी नायब उपरिक्ष भुवन पन्त , डिभिजन बन प्रमुख कृष्णराज न्यौपाने लगायतको टोली खुरकुट्टीको घरमै पुगेका थिए ।

तीन दिनदेखि सञ्चालन भएको देउलेखको नागरिकता शिबिरमा यस क्षेत्रका महिला पुरुष गरि सात सय जनाले नागरिकताको सोवा लिएको सहायक प्रमुख जिल्ला अधिकारी शिबराज जोशीले बताए।  उनले भने,'जिल्लाको सदमुकामबाट टाढा रहेको यस क्षेत्रमा नागकिता सेवाबाट उमेर पुगेका धेरै जना मान्छेहरु पनि बञ्चित भएका देखिए ।' शिबिरले घेरै सुबिधा  भएको पनि उनले बताए।

देश कै सबै भन्दा कान्छा जुझारु र सशक्त प्रमुख जिल्ला अधिकारी सुरेश सुनार जिल्लामा आएपछि नागरिकहरुलाई सहज र छिटो छरितो सेवा दिनुपर्छ भनेर  लागि परेका छन् ।  प्रजिअ सुनार आएपछि खप्तडछान्ना गाउँपालिका , बुंगल नगरपालिकामायस्तो शिबिर सञ्चालन गरेका थिए भने यस महिना भित्रै जिल्लाको सबै भन्दा दुर्गम र टाढा रहेको साईपाल गाउँपालिकामा जाने योजना रहेको पनि प्रजिअ सुनारले सुनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ