भलिबलको बिबादमा युवामाथि लौरो प्रहार, बाटैमा मृत्यु
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ चैत ११ सोमबार
670
Shares
बझाङ । भलिबल खेल्दा बिबादपछि लौरोले हिर्काउदा बझाङ जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर ५ बस्ने १८ बर्षिया आनन्द विकको मृत्यु भएको छ ।
आईतबार दिउसो गाउँ नजिकै भलिबल खेल्दा बिबाद भएपछि सुर्मा गाउँपालिका वडा नम्बर ५ बस्ने १८ बर्षीया जीवन बोहरा र १८ बर्षिया रनु बोहराले विकलाई लौरोले हानेर घाईते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताए।
घाईते विकको जिल्लामा उपचार हुन नसकेपछि नेपालगंज तर्फ रिफर गरिएको र सोमबार विहान अत्तरीया पुग्दै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीको भनाई छ ।
घटनामा संग्लग्न दुबै जना फरार रहेको डिएसपि धितालले बताए । दुबै जनाको खोजी कार्य भै रहेको छ । घटना स्थलमा जिल्ला प्रहरी कार्यालयबाट ईन्स्पेटर सहितको टोली घटना स्थलमा खटी गएको प्रहरीले डिएसपि धितालले बताए।
घटना बारे थप अनुसन्धान भइरहको छ । केहि समय अघि मात्रै सदरमुकबाम चैनपुरमा नै सुर्मा गाउँपालिका वडा नम्बर एकका धर्क बहोराको सो गाउँ बस्ने दर्पण बोहराले ढुङ्गा प्रहार गरि हत्या भएको प्रहरीले जनाएको छ ।