arrow

साढे २३ किलो सुन प्रकरण : दुई प्रहरी जेल चलान

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ चैत १२ मंगलबार
18kg-gold.jpg

कञ्चनपुर ।  कञ्चनपुरको पुर्नवास र शुक्लाफाँटाबाट फागुन पहिलो साता बरामद गरिएको साढे तेईस किलो सुन प्रकरणमा जिल्ला अदालत कञ्चनपुरले दुई प्रहरी जवान जेल चलान गर्न आदेश गरेको छ ।  प्रहरी जवान सुरज तिरुवालाई १० लाख धरौटी र लक्ष्मण तिरुवालाई जेल चलान गरेको भएपनि लक्ष्मण तिरुवाले धरौटी तिर्न नसक्दा उनी पनि जेल चलान भएका हुन् ।

राजस्व अनुसन्धान विभागले तिरुवा दाजुभाई सहित पाँच जनाका नाममा दायर गरेको मुद्दाको मंगलबार थुनछेक बहस गर्दै जिल्ला न्यायाधिश प्रकाश कुमार अधिकारीले सुरजबाट १० लाख धरौटी लिन र लक्ष्मणलाई पुरपक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।

जिल्ला आदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले मुलुकी फौजदारी संहिता ऐन २०७४ को दफा ६७ २ (क) बमोजिम लक्ष्मण तिरुवा र दफा ६८ अनुसार प्रहरी जवान सुरज तिरुवालाई १० लाख धरौटी वा सोही बराबरको बैंक ग्यारेण्टी दिएमा तारेखमा राख्न आदेश जारी भएको बताए । आदेश जारी भएको एक घण्टामा कार्यालय बन्द भएपछि प्रहरी जवान तिरुवाले उक्त रकम बुझाउन नसकेपछि जेल चलान भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ