arrow

जिसी धरौटीमा रिहा

logo
प्रकाशित २०७५ चैत १३ बुधबार
Angur3.jpg

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्याय र यातना विरुद्धको कसुर मुद्दाका आरोपित निलम्बित प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले दुवै मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी नायब उपरीक्षक जिसीलाई रु नौ लाख धरौटीमा रिहा गर्न आदेश जारी गरेको थियो ।

जिल्ला अदालत कञ्चनपुरका सेस्तेदार हरिकृष्ण अवस्थीले जिसीलाई यातना विरुद्धको कसुरमा रु पाँच लाख र सार्वजनिक न्याय विरुद्धको कसुरमा रु चार लाख धरौटी सुनाइएको जानकारी दिए। आरोपित जिसी बुधबार धरौटी रकम बुझाएर रिहा भएका हुन् ।

उक्त मुद्दामा यसअघि जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्ट र प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीसहित ६ प्रहरी कर्मचारी धरौटीमा रिहा भइसकेका छन् । बालिका पन्त हत्या प्रकरणमा विष्टसहित प्रहरी कर्मचारीविरुद्ध निर्मलाका आमा दुर्गादेवी पन्तले गत पुस ३ गते सार्वजनिक न्याय विरुद्धको कसुर र भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीपसिंह विष्टका दाजु खड्क विष्टले यातना विरुद्धको कसुरमा गत पुसको पहिलो साता उजुरी दिएका थिए । दुवै मुद्दामा आरोपित आठै जना प्रहरी कर्मचारी धरौटीमा रिहा भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ