arrow

विष्टमाथिको मुद्दा प्रतिशोधपूर्ण भएको भन्दै कांग्रेसको आपत्ति

logo
प्रकाशित २०७५ चैत १४ बिहिबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । रुकुम (पूर्व) भुमे गाउँपालिका ९ का नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि नन्दबहादुर विष्टमाथि लगाइएको झुठा मुद्दाप्रति नेपाली काँग्रेसले आपत्ति जनाएको छ । 

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति जारी गर्दै नेपाल तरुण दल जिल्ला पूर्वअध्यक्ष तथा त्रिभुवन जनता माध्यमिक विद्यालय, मुसिकोट खलंगा, रुकुम (पश्चिम) को विद्यालय व्यवस्था समिति सदस्य विष्टलाई ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर’ जस्तो झुठो मुद्दा लगाइएको जनाएका छन् । 

प्रतिशोध प्रेरित झुठो मुद्दा लगाइ राजनैतिक कार्यकर्ता, नेता तथा सर्वसाधारणलाई दुःख दिने कार्यले लोकतन्त्रको मर्म तथा भावनालाई समेत चोट पुर्याउने कार्य भएको समेत खाणको विज्ञप्तिमा उल्लेख छ । 

उनले सरकारले कानुनी शासनको उपहास गरेको समेत बताएका छन् । उनले विज्ञप्तिमा तत्काल मुद्दा अविलम्ब खारेज गरी संविधानले प्रदत्त गरेको मौलिक हकको संरक्षण गर्न समेत आग्रह गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ