न्यायका लागि द्वन्द्व पीडित अन्तर्राष्ट्रिय आदालतमा जाने
प्रकाशित २०७५ चैत १४ बिहिबार
367
Shares
धनकुटा ।द्वन्द्व पीडितले न्याय नपाएसम्म मुलुकमा वास्ताविक शान्ति नहुने भएकाले न्यायका लागि अन्तर्राष्ट्रिय अदालतसम्म जान बाध्य हुने बताएका छन् । बिहिबार धनकुटामा आयोजित द्वन्द्व पीडित साझा चौतारीले प्रदेश नम्वर १ ले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा द्वन्द्व पीडितहरुले यस्तो वताएका हुन ।
उक्त कार्यक्रममा द्वन्द्व तथा शान्ति विष्लेशक गेजा शर्मा वाग्लेले राजनैतिक दलका नेताहरुले इच्छा शक्ति र तत्परता देखाई द्वन्द्व पीडितहरुलाई न्याय दिन लागेपरे मुलुकमा द्वन्द्व समाप्त भएर जाने नत्र द्वन्द्व कायमै रहन सक्ने वताए ।
कार्यक्रममा द्वन्द्व पीडित साझा चौतारीका केन्द्रिय अध्यक्ष भागीराम चौधरीले सरकारले र राजनैतिक दलका नेताहरुले द्वन्द्व पीडितहरुलाई न्याय दिने तर्फ नलागे अन्तराष्टिय अदालत जाने चेवानी दिए ।
द्वन्द्व पीडित साझा चौतारी प्रदेश नम्वर १ का संयोजक रुपेश शाहको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा द्वन्द्व पीडित साझा चौतारीका केन्द्रिय उपाध्यक्ष मैना कार्कीले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै द्वन्द्व पीडितहरुलाई द्वन्द्व पीडित साझा चौतारीले न्याय दिलाएरै छाड्ने वताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,शान्ति समिति धनकुटका पूर्व संयोजक तथा नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,शान्ति समिति धनकुटका पूर्व संयोजक चन्द्र सिंह नेम्वाङ्ग,नेकपा धनकुटाका प्रतिनिधि नैन विश्वकर्मा,नेपाल नागरिक समाज धनकुटाका अध्यक्ष दोर्ण गुरागाई लगायतले द्वन्द्व पीडितहरुलाई न्याय दिन सरकार अभिवलम्ब लाग्नु पर्नेमा जोड दिदै सरकारले ढिलो गरे द्वन्द्वले विकराल रुप लिनसक्ने वताए ।
कार्यक्रममा सहभागी द्वन्द्व पीडितहरुले यतिका लामो सम्म सम्म पनि आफुहरुले न्याय नपाएकोमा आक्रोस पोख्दै अव पनि न्याय नपाए न्यायको खोजीमा अन्तर्राष्ट्रिय अदातलसम्म जान बाध्य हुने र मुलुकमा सशक्त आन्दोलन गर्न समेत पछाडी नपर्ने वताएका छन ।