arrow

तीन थान भरुवा बन्दुकसहित पक्राउ

logo
प्रकाशित २०७५ चैत १७ आइतबार
bharuwa-banduk.jpg

इलाम ।  सूर्योदय नगरपालिका–५ शान्तिधाराबाट अवैध रूपमा राखिएका तीन थान भरुवा बन्दुकसहित एकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बन्दुकसहित ४३ वर्षीय हर्कबहादुर लिम्बूलाई पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अवैध रूपमा राखिएका हतियार बुझाउन सरकारले ३५ दिने सूचना जारी गरेको छ । सूचना जारी भएपछि प्रहरीले अवैध रूपमा राखिएका हतियारमाथि निगरानी बढाएको छ ।

 यही चैत १ गते सूचना जारी गर्दै सरकारले तोकेको म्यादभित्र अवैध हतियार बुझाए यसअघि अवैध हतियार राखेबापत कुनै कारवाही नहुने उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ