हावाहुरीका कारण २७ जनाको मृत्यु, चार सय बढी घाइतेमध्ये धेरैजसो गम्भीर
रगतको अभाव, रक्तदानको आब्हान
प्रकाशित २०७५ चैत १८ सोमबार
291
Shares
पर्सा । बारा र पर्सामा आइतबार राति आएको हावाहुरीका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ । बारामा २६ जनाको र पर्सामा एक जनाको मृत्यु भएको बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिएका छन् ।
मृतकहरु अधिकांश झुप्रा घरहरुमा बस्नेहरु बस्ने जनाइएको छ । चार सय भन्दा बढी घाइते भएका छन् ।
घाइतेहरुको अवस्था पनि गम्भीर भएको बताइएको छ । पक्की घरसमेत ढलेर पुरेको छ । अन्नबाली पूरै ध्वस्त पारेको छ ।
बाँच्न सफलहरुको वासका लागि पाल र राहत सामग्री काठमाडौंबाट आइसकेको जनाइएको छ । घाइतेहरुको उचित उपचार भइरहेको प्रजिअ पौडेलले बताए ।
घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीबाट मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ । रक्तदानका लागि राति नै आब्हान गरिएको र राति नै सुरक्षाकर्मीहरुबाट रक्तदान गरिएको र रगतकै कारण उपचार हुन नसक्ने अवस्था नरहेको पनि प्रजिअ पौडेलले बताएका छन् ।