स्कूटरलाई हान्ने भीआईपीका चालकलाई ५ सय रुपैयाँ जरिवाना
प्रकाशित २०७५ चैत १८ सोमबार
316
Shares
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चैत १५ गते नयाँ बानेश्वरमा सर्वसाधारणको स्कूटरलाई हानेर हिँडेको पूर्वप्रधानमन्त्रीको पछुवा सवारीलाई कारबाही गरेको छ । सो सवारीका चालक सन्तोष घिमिरेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही गराएको हो ।
१५ गते नयाँ वानेश्वरबाट तीनकुने जाने सडक खण्डमा स्कूटर चालकको गल्ती विना नै बा १ झ ९५२७ को सुरक्षाकर्मीको भ्यानले एक स्कूटरलाई ठक्कर दिएको थियो । सो भिडियो सार्वजनिक भएपछि ट्वीटरमा ट्राफिक प्रहरी विरुद्ध समेत तीब्र आलोचना भएको थियो ।
त्यसको ३ दिनपछि ट्राफिकले उनलाई बारबाही गरेको हो । सो गाडी पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको सुरक्षामा हिँडेको गाडीले स्कूटरलाई ठक्कर दिएको थियो ।