arrow

सरकारको राहत : ४६८ त्रिपाल र ४१३८ थान लत्ता कपडा वितरण

logo
प्रकाशित २०७५ चैत १८ सोमबार
home-ministry-nepal.jpg

काठमाडौं । आईतबार प्रदेश नं २ को बारा र पर्सा जिल्लामा आएको भीषण हावाहुरीका प्रभावित परिवारलाई राहतको वितरण सुरु गरेको छ । प्रभावितहरुलाई विहानदेखि साँझसम्म ४६८ थान त्रिपाल वितरण गरिएको गृह मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले साँझ जारी गरेको विज्ञप्ती अनुसार सरकारले सर्ट, पाईन्ट र लत्ताकपडा ४१३८ थान, २ रोल कपडा सहित ३ ट्रक सामग्री बारा पुगेको जनाएको छ । मन्त्रालयले थप राहत सामग्री पठाउने क्रम जारी रहेको जनाएको छ । 

मन्त्रालयले घटनास्थल अवलोकनका लागि प्रधानमन्त्री केपी शर्मा ओली लगायत उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री, गृहमन्त्री रामबहादुर थापा लगायतका मन्त्रीहरुले हेलिकप्टरबाट घटनास्थलको अवलोकन गरेका थिए । उनीहरुले घटनास्थलको जानकारी लिएर तत्काल उद्दार र राहतको लागि थप निर्देशन दिएका थिए । 

अकस्मात आईपरेको अकल्पनीय घटना र यसबाट भएको मानवीय एवं भौतिक क्षतिप्रति गृह मन्त्रालयले गहिरो दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ