गोली हानी हत्या गरिएका फिरोज घटनामा श्रीमतिको संलग्नता
प्रदीप आचार्य,
प्रकाशित २०७५ चैत १९ मंगलबार
367
Shares
बुटवल । चैत्र १३ गते साँझ करिब पौने ९ बजे वुटवल उपमहानगरपालिका वडा नं.१ गढीटोल रुपन्देही स्थितमा फिरोज खानलाई गोली हानी हत्या गरेको बिषयमा अनुसन्धानको क्रममा उनकै श्रीमति साहिन खातुनको पनि संलग्नता रहेको पाईएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार नम्बर र अल्फाबेट समेत नखूलेको मोटरसाईकलमा आएका अपरिचीत व्यक्तिले गोली हानी गम्भिर घाईते बनाएको खानको उपचारको क्रममा तत्काले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो ।
भारत विहार प्रदेश, पश्चिम चम्पारण वेतिया जिल्ला, टाउन थाना, माहटोली ग्राम घर भई हाल जिल्ला रुपन्देही वुटवल उपमहानगरपालिका वडा नं.१ स्थित कोठा भाडामा बस्ने बर्ष ३० की साहीन खातुन मृतक सरोज खानकी श्रीमति हुन् ।