हावाहुरी पिडितका लागि टहरा निर्माण गर्दै नेपाली सेना
मुकेश यादव,
प्रकाशित २०७५ चैत १९ मंगलबार
708
Shares
बारा । आईतबार सांझ आएको हावाहुरीले बढी बितण्डा मच्चाएको फेंटा गांउपालिकामा टहरा निर्माण कार्य सुरू भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले पठाएको टहरा नेपाली सेना र सशस्त्र प्रहरीले शुरू गरेको छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालयले पठाएको तीन सय थान टहरा मध्ये एक सय थानको निर्माण कार्यको थालनी गरिएको सिमा सुरक्षा कार्यालय बाराका सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापाले बताए ।
थापाका अनुसार बास बस्नको लागि पिडितहरूलाई समस्या भएपछि प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरि टहरा निर्माण गर्न लागिएको बताए । सशस्त्र प्रहरी प्रधान कार्यालयले पठाएको टहरा निर्माण कार्य क्रमशः गर्दै जाने सशस्त्र प्रहरी उपरीक्षक थापाले बताए ।