arrow

प्रचण्डद्वारा राहत वितरण, पीडितलाई पाँच लाख दिइने

logo
प्रकाशित २०७५ चैत १९ मंगलबार
prachanda14.jpg

वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हावाहुरीबाट प्रभावित बाराको फेटा गाउँपालिका पुरैनियाका १२९ पीडित परिवारलाई राहत वितरण गरेका छन् ।

हावाहुरीबाट प्रभावित सो क्षेत्रको स्थलगत निरीक्षणका क्रममा वाइसिएलका तर्फबाट उपलब्ध सो राहत सामग्री अध्यक्ष दाहालले आज वितरण गरेका हुन् । सो राहत सामग्रीमा दाल, चामल, च्युरा लगायतका खाद्यानहरु रहेको थियो ।

अध्यक्ष दाहालले प्रदेश सरकारले पीडितलाई दिएको तीन लाख राहतमा नेकपा पार्टीका तर्फबाट थप पाँच लाख थप्ने जानकारी गराए  । उनले सङ्कटको यस घडीमा सबै नेपाली एक भई सहयोगका लागि अगाडि बढ्न आग्रह गरे।

यसैगरी उनले हावाहुरीबाट भत्किएका घरहरु सरकारका तर्फबाट निर्माण गरिने बताए । यसअघि हावाहुरीबाट घाइते भई वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचाररत घाइतेको अवस्थाबारे अध्यक्ष दाहालले जानकारी लिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ