स्याङ्जा । कालीगण्डकी गाँउपालिका ६ रिप स्थित आँधीखोलामा माछा मार्ने क्रममा घाईते भएका एक व्याक्तिको उपचारका क्रममा ज्यान गएको छ । ज्यान जानेमा सोही ठाँउका २० वर्षिय पारस बराल रहेको प्रहरीले जनाएको छ ।
५ जनाको समुहमा माछा मार्न गएका मध्ये बराल विष्फोटक पदार्थ पड्किएर घाईते भएका थिए । उनको पाल्पा स्थित युनाईटेट मिसन अस्पतालमा उपचारका क्रममा मृत्यू भएको थियो । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
विस्फोटक पदार्थ प्रयोग गरेर खोला नदीमा माछा मार्न नपाईने कानुन हुदाहुदै पनि सो समुहले गरेको पाइएमा अन्यलाई पनि कारवाहि हुन सक्ने प्रहरीले जनाएको छ ।