पाँच सय जनसंख्या भएको गाउँपालिका, काठमाडौंमा १० लाख
प्रकाशित २०७५ चैत २३ शनिबार
348
Shares
काठमाडौं । एउटा गाउँपालिकामा कति जनसंख्या कति होला ? अनुमान गरौ । तर कतिपय गाउँपालिका यस्ता पनि छन,जहाँको जनसंख्या पाँच सयको हाराहारीमा मात्र छ।
संघीय मामिला मन्त्रालयका अनुसार उच्च हिमाली क्षेत्रका केही जिल्लाको जनसख्या ५ सयको हाराहारीमा छ । देशभर ७ सय ५३ स्थानीय तह छन् । ती मध्ये काठमाडौ महानगरपालिका सबैभन्दा बढी जनसंख्या भएको स्थानीय तह हो । जसको जनसंख्या ९लाख ७५ हजार४सय ५३ पुगेको छ । मन्त्रालयका अनुसार सबैभन्दा कम जनसंख्या भएको स्थानीय तह मनाङको नारफू हो । त्यहाँको जनसंख्या ५सय ३८ मात्र छ ।
मन्त्रालयका अनुसार ४७ वटा गाउँपालिका यस्ता पनि छन, त्यँहाको जनसंख्या १०हजार भन्दा कम जनसंख्या छ । २० हजारसम्म जनसख्या रहेका गाउँपालिका २सय २७ रहेको मन्त्रालयको भनाइ छ ।
तर केही गाउँपालिका यस्ता पनि छ,जसको जनसंख्या ५० हजार भन्दा माथि छन् । त्यस्ता गाउँपालिका ४ वटा मात्र छन् । कम जनसंख्या भएका स्थानीय तहमध्ये अधिकांश मनाङ, मुस्ताङ र डोल्पामा छन । नारफू पछि दोश्रो कम जनसंख्या भएको गाँउपालिका पनि मनाङमै रहेको छ । मनाङको चामे गाउँपालिको जनसख्या १ हजार १ सय १९मात्र छ ।
मुस्ताङको दालमे गाँउपालिको जनसख्या पनि चामे गाउँपालिकै हाराहारीमा छ । दालमेमा १हजार ३सय २३ मात्र जनसख्या छ । यसैगरी डोल्पाको छार्का ताङसोङ गाँउपालिको जनसख्या पनि निकै कम छ । तोङसोङमा १हजार ४सय ५२ मात्र जनसख्या छ । मन्त्रालयका अनुसार निकै कम जनसंख्या भएका गाउँपालिकामा मुस्ताङको लोमथाङ गाँउपालिका जनसख्या हो, जाहाँको जनसख्या १हजार ८सय ९९ छ ।
यसैगरी मनाङको नासोथाङमा १ हजार ९सय ३८, डोल्पाको डोल्पो बुद्ध गाँउपालिकामा २ हजार १सय २६, बझाङको काँडा गाँउपालिकामा २हजार १सय ८२, मनाङको नेस्याङ गाँउपालिकामा २ हजार २सय २२ र डोल्पाको जगदुल्ला गाँउपालिकामा २ हजार २सय ७३ मात्र जनसंख्या रहेको मन्त्रालले जनाएको छ ।
५०हजार भन्दा माथि जनसख्या रहेका गाँउपालिकामध्ये खजुरा गाँउपालिका, बैजनाथ गाँउपालिका र राप्ती सोनारी गाँउपालिका हुन् । यी मध्ये राप्तीसोनारीमा सबैभन्दा बढी जनसंख्या छ । जाँहा ५९हजार ९सय ४६जनसंख्या पुगेको मन्त्रालयको भनाइ छ । यसैगरी झापाको गौरादहाको जनसंख्या ५० हजार भन्दा माथि नै छ । त्यँहाको जनसख्या ५३ हजार ३३ रहेको छ ।
यसैगरी खजुरा गाउँपालिकामा ५० हजार ९सय ६१ र बैजनाथ गाउँपालिकामा ५४ हजार ४सय १८ जनसंख्या पुगेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार २० हजारदेखि ४० हजारसम्म जनसंख्या भएका गाउँपालिका २ सय २४ वटा छन् । यसैगरी ४०हजार भन्दा माथि जनसख्या भएका गाँउपालिका २२ वटा छन् । नगरपालिकामध्ये १० हजारभन्दा कम जनसंख्या भएको डोल्पाको ठूलीभेरी नगरपालिका हो । जाँहा ८हजार ३सय ७० जनसख्या छ ।
यसको ठिक उल्टो पोखरा लेखनाथ महानगरपालिका काठमाडौ पछि सबैभन्दा बढी जनसंख्या भएको दोश्रो स्थानीय तह हो । जाँहा ४ लाख १४हजार १सय ४१ जनसख्या छ । ललितपुर महानगरपालिकामा २ लाख ८४हजार ९सय २२, भरतपुरमा २लाख ८०हजार ५सय २, वीरगञ्जमा २लाख ४० हजार ९सय २२ र वीराटनगरमा २लाख १४हजार ६सय ६३ जनसंख्या पुगेको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयका अनुसार उपमहानगरपालिकामध्ये सबैभन्दा बढी जनसंख्या भएको उपहानगरपालिका जनकपुर उपमहानगरपालिका हो, जाँहाको जनसंख्या १ लाख ५९हजार ४सय ६८ छ । कम जनसख्या भएको उपमहानगरपालिका जीतपुर सिमरा हो, जाँहाको जनसंख्या १ लाख १७ हजार ४सय ९६रहेको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा बढी जनसख्या भएको नगरपालिकामध्ये मेची नगरपालिका हो, जाँहाको जनसंख्या १ लाख ११ हजार ७ सय ९७ जनसख्या रहेको छ । यसैगरी सबै भन्दा कम जनसख्या रहेका नगरपालिकामा डोल्पाको ठूलीभेरी नगरपालिका पछि डोल्पाकै त्रिपुरासुन्दरी नगरपालिका हो । त्रिपुरासुन्दरीमा १०हजार १सय ४ जनसंख्या छ ।
यसैगरी कालीकोटको रासकोट नगरपालिकामा १६ हजार २सय ७२, बाजुराको बडीमालिकामा १६ हजार ८सय १८, तेहथुमको लालीगँुरास नगरपालिकामा १६हजार ९सय ७०, सखुवासभाको पाँचखन नगरपालिकामा १७ हजार ५सय २१ र सखुवासभाकै धर्मदेवी नगरपालिकामा १८हजार २सय ३५ जनसख्या पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ५०हजारसम्म जनसख्या भएका नगरपालिका १सय ७० छन् । यसैगरी ५० हजारदेखि १लाख सम्म जनसंख्या भएका नगरपालिका ८७ वटा छन । १ लाखसम्म जनसख्या भएका नगरपालिका भने १७ वटा छन् ।