दुई वर्षदेखि झड्केली छोरीमाथि करणी गर्ने बाबु पक्राउ
प्रकाशित २०७५ चैत २५ सोमबार
215
Shares
भक्तपुर । विगत दुई वर्षदेखि डर र त्रास देखाएर झड्केली छोरीलाई पटक पटक बलात्कार गरेको अभियोगमा सौतेलो बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।
चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा डेरा गरी बस्ने कक्षा ९ मा अध्ययनरत १५ वर्षे झड्केली छोरीलाई चैत १४ गते अपराह्न ४ बजे आफ्नै डेरा कोठामा बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले रामेछाप उमाकुण्ड गाउँपालिका–७ का ३५ वर्षीय रमेशकुमार बस्नेतलाई डेराकोठाबाटै पक्राउ गरेको हो ।
झड्केली छोरी बलात्कार गर्ने बाबुविरुद्ध उनकी आमाले किटानी जाहेरी दिएलगत्तै प्रहरीले आरोपी बस्नेतलाई पक्राउ गरी सोमबारै भक्तपुर जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।