arrow

'बाल्यकालमा ल्हासा बसेका शी जिनपिङलाई तातोपानी नाका बारे थाहा छ'

logo
प्रकाशित २०७५ चैत २७ बुधबार
prachanda-xi-jinping.jpeg

काठमाडौं। नेकपाका स्थायी समिति सदस्यअग्निप्रसाद सापकोटाले भुकम्पका कारण बन्द रहेको तातोपानी नाका खुलाउन आफू सुरुदेखि नै लागिपरेको बताएका छन् । उनले भने,‘४६ महिना भयो, यो नाका बन्द भएको छ । अब यसलाई सुचारु गर्नुपर्छ ।’ तातोपानी नाका हरेक हिसावले बहुआयामिक महत्वको भएकोले यसलाई चाँडै सुचारु गराउन आफू लागिपरेको उनको भनाई थियो ।

सापकोटाले भने,‘तत्कालिन प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाँदा उहाँले चिनियाँ राष्ट्रपति शी जिनपिङसँगपनि यो नाका खुलाउनको लागि प्रयत्न गर्नुभएको थियो । त्यतिवेला चिनियाँ राष्ट्रपतिले यो नाकाको बारेमा विशेष चासो देखाउनुभएको थियो । किनकी उहाँ बाल्यकालमा ल्हासामा बस्नुभएको रहेछ । उहाँलाई तातोपानीको बारेमा थाहा रहेछ । उहाँले यसमा मेरोपनि भावना जोडिएको छ भनेर भन्नुभएको थियो ।’

नाका खोल्नको चीनतर्फबाट युद्धस्तरमा काम भैरहेको तर नेपालतर्फबाट भने सुस्त गतिमा काम भएको उनको गुनासो छ । हिजोमात्रै आफूहरु मन्त्रीसहितको टोली लिएर स्थलगत भ्रमणमा गएको पनि उनले सुनाए । चिनियाँ प्रतिनिधिहरुले पनि तोकिएकै समयमा नाका खुल्ने विश्वास दिलाएको उनले जनाए ।

उनले पार्टी एकता पनि चाँडै टुँगो लाग्ने विश्वास दिलाएका छन् । उनले भने,‘पार्टी एकता विलम्ब भएको छ । हुनै नहुने कुरा भयो । तल्लो तहसम्म एकता नहुँदा ठूलो नोक्शानी भएको छ ।’ अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैले पार्टी एकताको लागि विलम्ब भएको स्विकार गरेको पनि उनले सुनाए । आगामी बैशाख ९ गते लेनिन दिवस परेकोले त्यही दिन एकता टुँगो लाग्ने पनि उनले दाबी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ