arrow

अस्पतालबाट घर फर्किए नेता नेपाल, कार्यकर्तासँग एक साता भेटघाट नगर्ने

logo
प्रकाशित २०७५ चैत २७ बुधबार
madhab-nepal-bhet-mukharji.jpeg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट घर फिर्ता भएका छन् । ज्वरो र खोकीले अस्वस्थ्य भएका उनि अवस्था सामान्य भएपछि आज घर फर्किएको उनिका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए  ।

पूर्वप्रधानमन्त्री नेपाल गत आइतवार ज्वरो र खोकी भएपछि अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । दैनिक कार्यक्रममा जाँदा दौडधुप बढी भएकाले उनिलाई ज्वरोसंगै खोकी लागेको थियो ।

त्रिविका चिकित्सक डा सन्तकुमार दास, डा निरज बम र डा सविन थपलियाको टोलीले उनिको स्वास्थ्योपचार गरेको थियो । चिकित्सकले नेता नेपाललाई एक हप्तासम्म आराम गर्न सुझाव दिएका छन् । चिकित्सकको सुझावअनुसार एक हप्तासम्म भेटघाटका कार्यक्रम बन्द गरिएको गौतमले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ