arrow

सबै दल एकजुट हुनुपर्नेमा पूर्वराष्ट्रपति यादवको जोड

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
Ram-Baran-Yadav301.jpg.jpeg
मोरङ। पूर्वराष्ट्रपति डा रामवरण यादवले राजनीतिक गतिरोध अन्त्यका लागि सबै दल एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । 
 
मोरङको विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै यादवले मुख्य ठूला दल एकजुट नभई राजनीतिक गतिरोध अन्त्य नहुनेसमेत बताउनुभयो । पूर्वराष्ट्रपति यादवले लोकतान्त्रिक विधिबाट जारी भएको संविधानलाई नै आधार मानेर मुलुकलाई निकास दिनुपर्ने बताउनुभयो । 
 
उहाँले संविधान कार्यान्वयन, नयाँ ऐन कानुन निर्माणका लागि सत्तारूढ दल, काँग्रेस तथा मधेसवादी दल एक ठाउँमा हुनुपर्नेमा जोड दिनुभयो । विराटनगरको न्यू सृष्टि दैनिक पत्रिकाको पाँचौँ वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथिका रुपमा पूर्वराष्ट्रपति यादव विराटनगर आउनुभएको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ