arrow

प्रधानमन्त्री ओलीको दौड हरिण जस्तो कि सिंह जस्तो ? 

logo
प्रकाशित २०७६ वैशाख १ आइतबार
PRO_Ktm2.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू दौडिरहेको बताएका छन् । नयाँ वर्षको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान सम्वोधन गर्दै उनले आफू सफलताको बाटोमा दौडिरहेको बताएका हुन् । 

प्रधानमन्त्री ओलीले आफू अगाडि बढ्नका लागि अरुभन्दा छिटो दौड्नै पर्ने बताएका छन् । 

उनले जंगलमा सिंह र हरिणको दौडको यात्रालाई उदाहरण दिँदै कसरी दौडने भन्नेबारे सिक्नुपर्ने बताएका हुन् । 

उनले भने, ‘बिहान घाम झुल्केसंगै अफ्रिकाको जंगलको एउटा सिंह आफ्नो जिउ तन्काउँछ र सोच्छ यस जंगलको सबभन्दा छिटो कुद्ने हरिणभन्दा ढिलो कुदें भने म भोकै मर्छु । त्यसैले मैले सकेसम्म छिटो दौडनु पर्छ । त्यसैगरी जंगलको कुनै कुनामा सुतिरहेको हरिण पनि ब्यूँझिन्छ र सोच्छ ओहो अब मैले कुद्नु पर्छ, बेस्सरी कुद्नु पर्छ । यदि यस जंगलको सिंहभन्दा ढिलो भएँ भने म मारिन्छु । मैले बाँच्नु पर्छ । हामी–हामीबीचको दौड प्रतिस्पर्धा अफ्रिकी सिंह र हरिणको जस्तै हुनु आवश्यक छ । समयको गति समाउन मैले पनि आफूलाई यो तीव्र गतिको दौडमा सामेल गरिरहेको छु ।’

प्रधानमन्त्री ओलीले आफू कुन गतिले दौडिरहेको भनेर चाहीं खुलाएनन् । ओलीको दौड हरिणको जस्तो या सिंहको जस्तो । प्रकृति फरक छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ