काठमाडौं । समिट एयरको विमान दुर्घटनामा परेको छ । विमान लुक्लामा दुर्घटनामा परेको हो। समिट एयरको ९ एन– ए एम एच विमान दुर्घटनामा परेको हो । विमान लुक्लाबाट रामेछाप आउँदै थियो ।
विमान आइतबार बिहान ९ बजेर १० मिनेटमा दुर्घटनामा परेको हो । विमान मनाङ एयरको हेलिकोप्टरसंग ठोक्किएको हो । समिट एयरले दिएको जानकारी अनुसार टेकअप प्वाईन्टमा दूर्घटना हुँदा चालक दलका सदस्यहरु घाईते भएका छन् ।
समिट एयरले प्रारम्भिक जानकारीमा जहाजमा कोही पनि प्यासेन्जर नरहेको र चालक दलका सदस्य घाईते भएको भन्ने जानकारी आएको भएपनि त्यहाँ टेलिफोेन सम्पर्क हुन नसकेको कारण स्थितिबारे थप जानकारी प्राप्त नभएको बताएका छन् ।
जहाज लुक्लाबाट काठमाडौं आउन लागेको थियो । लुक्ला एयरपोर्टबाट उड्ने बेलामा दूर्घटना भएको हो ।