arrow

सहिद, बेपत्ता परिवार र घाईतेलाई सम्मान

logo
प्रकाशित २०७६ वैशाख १ आइतबार
samman1.JPG

धनकुटा ।धनकुटा जिल्लाका सहिद तथा बेपत्ता परिवार र घाईतेहरुलाई सोमबार सहिद सरोकार समाज धनकुटाले सम्मान गरेको छ ।

सहिद सरोकार समाज धनकुटाले  प्रजातान्त्रिक आन्दोलन देखी माओवादी विद्रोह र लोकतान्त्रिक आन्दोलन सम्म सहादत प्राप्त गर्नु हुने धनकुटा नगरपालिका क्षेत्र लगायत वरीपरी गाउपालिकाहरुका सहिद तथा बेपत्ता परिवार र घाईतेपरिवार गरी जम्मा १६ जनलाई सम्मान गरेको हो ।

 सम्मानीत हुनेहरुलाई प्रतिनिधि सभाका सांसद राजेन्द्र राई,प्रदेश सभाका सांसद निरन राई,सहदि सरोकार समाज धनकुटका अध्यक्ष तिलक प्रसाद राई,नेकपा धनकुटका कार्यालय सचिव नैन विश्वकर्मा,नेपाली कांग्रेस धनकुटाका सचिव तथा सहिद स्मृती प्रतिष्ठानका महासचिव विजय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायतले सहिद सरोकार समाज धनकुटाको तर्फबा दोसल्ला ओढाई सम्मान गरेका थिए ।

प्रजातान्त्रिक आन्दोलन देखी माओवादी विद्रोही, लोकतान्त्रिक आन्दोलन सम्म सहादत प्राप्त गर्नु भएका सहिद भीम नारायण श्रेष्ठ,डगलसिंह लिम्बु,दिपक दाहाल,गंगा वहादुर जोशी, पदम वहादुर श्रेष्ठ,चित कुमार राई,नगेन्द्र  वास्तोला,राजेश थापा मगर, नगेन्द्र प्रसाद राई, आस वहादुर राई र बेपत्ता भएका सुन्दर कुमार श्रेष्ठका परिवार तथा आफन्तजनलाई दोसल्ला ओढाई सम्मान गरिएको हो ।यसैगरी घाईते तारादेवी पिठाकोठेमगर,दल वहादुर राईलाई पनि सम्मानित भए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य राजेन्द्र राई लगायत सवै अथितिहरुले मन्तव्य व्यक्त गर्दै सहिद परिवारलाई राज्यले उचित सम्मान गर्दै सहिदहरुले देखाएको बाटोबाट हिड्नु पर्नेमा जोड दिए । सो अवसरमा कार्यपत्र सहिद सरोकार समाज धनकुटका अध्यक्ष तिलक प्रसाद राईले प्रस्तुत गर्नु भएको थियो भने उपाध्यक्ष अमर तिवारीले स्वागत मन्तव्य व्यक्त  गर्नु भएको र कार्यक्रमको संचालन स्मिता निरौलाले गरेका थिए ।

कार्यक्रममा सहिद परिवार र घाईते परिवारहरुले राज्यले सहिदहरुको अपमान गरिरहेको र सहिद परिवारलाई वेवस्ता गरीरहेको आरोप लगाए ।

धनकुटा जिल्ला अन्य ६ वटा पालिकाहरुमा पनि सम्मान कार्यक्रम आयोजना गरी ति क्षेत्रका सहिद तथा पेवत्ता परिवार र घाईतेहरुलाई सम्मान गर्ने सहिद सरोकार समाज धनकुटका अध्यक्ष तिलक प्रसाद राईले वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ