arrow

गोपालमान श्रेष्ठले टिकट विक्रि गरेको आरोप, अर्यालले गरे कारबाहीको माग

logo
प्रकाशित २०७६ वैशाख १ आइतबार
vojraj_aryal.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठलाई २०७४ को संघिय निर्वाचन र प्रदेश निर्वाचनमा टिकट विक्रि गरेको आरोप लागेको छ । निर्वाचनमा टिकट विक्रि गरेर राम्रा भन्दा पनि आफ्ना उमेदवारलाई पैसाको खेलमा टिकट विक्रि गरेको भन्दै नेपाली कांग्रेसको अनुशासन समितिमा उजुरी समेत परेको छ ।

नेपाली कांग्रेसका महासमिति सदस्य भोजराज अर्यालले १३८ नम्वरमा श्रेष्ठलाई हदै सम्मको कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका हुन् । अर्यालले दर्ता गराएको उजुरीमा स्थानीयतहमा अर्का इतरका उमेदवारलाई हराउने देखि प्रदेशको टिकटमा आफु सगँ पैसा मागेको गम्भिर आरोप लगाएका छन् ।


२०४७ सालदेखि २०७४ सालसम्म निरन्तर उमेदवार बन्दै लाभको पद उठाउदै आएका श्रेष्ठले स्याङ्जाको कांग्रेसलाई चर्को गुटबन्दी गरेर ध्वास्त बनाउने काम गरेको समेत उजुरीमा महासमिति अर्यालले आरोप लगाएका छन् । “नेपाली कांग्रेसको संगठन हेर्ने हो भने स्याङ्जा जाउ” भन्ने वाणीलाई समेत उजुरीमा उल्लेख गर्दै अर्यालले श्रेष्ठकै कारण स्याङ्जामा स्थानीयतहका साथै संघ र प्रदेशमा नराम्रो पराजय भोग्नु परेको जनाएका छन् ।

उजुरीमा स्याङ्जा कांग्रेस बचाउने हो भने श्रेष्ठलाई कारबाहीको माग अर्यालले चर्को रुपले राखेका छन् । कांग्रेसको मुख्यालयको अनुशासन समितिमा दर्ता गराएको उजुरीमा श्रेष्ठले कति पैसा मागेका थिए भन्ने विषय भने खुलाएका छैनन् । तत्कालिन कांग्रेसका जिल्ला सभापति स्वर्गिय कमल पंगेनीलाई हराउन पनि श्रेष्ठले भुमिका खेलेको आरोप उजुरीमा लगाईएको छ ।

कांग्रेसको जिल्लातहबाटै केन्द्रीय तहमा पुगेका श्रेष्ठले पुरानो संस्थापक कांग्रेस प्रति गरेको अभद्र व्यवहारले स्याङ्जा कांग्रेसको भविष्य दिनानुदिन कमजोर हुने गरेको अर्यालले गरेका छन् ।

को हुन् महासमिति अर्याल ?
२०२७ सालमा नेपाल विद्यार्थी संघ स्थापना गर्न महत्वपूर्ण भुमिका खेलेर नेपाली राजनीतिमा प्रवेश गरेका भोजराज अर्याल तत्कालिन पञ्चे विरुद्धको आनदोलनमा जेलनेल खाएका व्याक्ति हुन् । २०३१ सालबाट नेपाली कांग्रेसको क्रियाशिल सदस्य लिएर विपि कोइराला सगै राजनीतिमा हाम फालेका व्याक्ति हुन् अर्याल । ०३१ सालबाटै पार्टीको प्रारम्भीक समितिमा रहेर काम शुरु गरेका अर्याल २०३६ सालको विद्यार्थी आन्दोलनको कमाण्डर समेत हुन् ।

अर्यालले २०३७ सालको जनमत संग्रहमा ७ नम्वर इलाकाको संयोजक भएर काम गरेका थिए । दुवै आन्दोलनका क्रममा अर्याललाई तत्कालिन पञ्चेले गिरफतार गरी कास्की कारागार पुर्‍याएका थिए । सो क्रममा उनलाई हातका औलामा पिन ठोक्ने र टाउकामा लाठि बजार्ने काम भएको थियो । ०३६ सालमा अर्यालको टाउकाको मुल्य समेत तोकिएका व्याक्ति हुन् । उनको टाउको ल्याउनेले तत्कालिन बेला ५० हजार पुरस्कार समेत तोकिएको थियो । २०४२ सालको सत्यग्रहको आन्दोलनमा रुपन्देहीको सालझण्डीबाट गिरफतार परेका अर्याल १ बर्ष सम्म जेल बस्न बाध्य भएका थिए ।

२०४६ सालको जनआन्दोलनमा स्याङ्जा सदरमुकामबाट पक्राउ गरि जिल्ला कारागार विताएका थिए । स्याङ्जाको शिक्षण पेशामा रहदा रहदै २०३६ सालबाट कांग्रेसको चर्को राजनीति गरेका अर्याल पञ्चे विरुद्ध लड्दै जादा शारिरिक र मानसिकता पाएका व्याक्ति हुन् । ठुलो पदको लाभमा नपुगेका अर्यालले २०४९ सालमा वालिङ गाविसको अध्यक्ष र ०५४ सालमा वालिङ नगर प्रमुखमा विजयी भएर सामाजिक काम गरेका व्याक्तिका रुपमा परिचित छन् । देशको बदलिदो परिस्थिति सगै जुध्दै पार्टीमा क्रियाशिल रहदै स्याङ्जा कांग्रेसको संगठनलाई मजबुद बनाउने भुमिका अर्यालको महत्वपूर्ण रहेको छ ।

 आठौ महाधिवेसनबाट पार्टीको दुई कार्यकाल सचिव हुदै हाल सम्म महासमिति सदस्य रहदै आएका छन् । गुटगत राजनीतिले चर्को रुप लिन थालेपछि राजनीतिबाट थकाई नमारे पनि हाल उनी कृषि पेशमा अडिग रहदै आएका छन् । पछिल्लो समय कांग्रेसका जिल्ला तहका नेतृत्वले खोज्न छाडेपनि उनको प्रभाव भने उत्तिकै रहेको पाईन्छ । २०७० को संविधान सभाको निर्वाचनमा क्षेत्र नम्वर २ बाट १ नम्वरमा कार्यकर्ताले सिफारिस गर्दा पनि उनले टिकट पाएनन् । २०७४ को निर्वाचनमा प्रदेश सांसदमा भने पैसाकै कारण टिकट नपाएको अर्यालको गुनासो छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ