arrow

विप्लवका जिल्ला सचिब मल्ल पक्राउ, घरबाट कटुवा पेस्तोल सहित दुई राउण्ड गोली बरामद

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७६ वैशाख १ आइतबार
biplav-saman.jpg

बझाङ । जिल्लाको बित्थड चिर गाउँपालिकाको बित्थड चेक पोष्टबाट  पक्राउ परेका नेकपा विप्लव समुहका जिल्ला सचिब भरत मल्लको घरबाट प्रहरीले  कटुवा पेस्तोल सहित दुई राउण्ड गोली र बम बनाउन प्रयोग हुने बिभिन्न साम्रागी बरामद गरेको छ । शनिबार प्रहरीले खान तलासी गर्ने क्रममा मल्लको घर केदारस्यूँ गाउँपालिका सैन्सुबाट उक्त समान बरामद गरेको हो ।

सरकारले नेकपा बिप्लव समुह माथि कडा निगरानी राखे संगै जिल्ला सचिब मल्ल लाई धनगडीबाट घर आउनेक्रममा बित्थड चिरगाउँपालिकाको सिमा प्रहरी चौकीले चेक जाँच गर्नेक्रममा पक्राउ गरेको थियो ।

 प्रहरीले थप अनुसन्धान गर्नेक्रममा  मल्लको घरमा खान तलासी गर्दा फोल्डिङ्ग बाला कटुवा पेस्तोल एक थान उक्त पेस्तोलमा लाग्ने दुई राउण्ड गोली , फोन सेट एक थान , चरेस जस्तो देखिने कालो पदार्थ , बिद्युतिय तार  १५ मिटर, र बम बनाउन प्रयोग गरिने पाईप (सकेट) बरामद गरेको प्रहरी नायब उपरिक्षक सुर्य बहादुर केसीले बताए।

मल्ल माथि थप अनुसन्धान गर्दा मल्लको घरमा खान तलासी गरेको समेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,  नेकपा  विप्लव समुह माथि कडाई गर्नु पर्ने निर्देशन भएकाले कानुनी राज्यमा कानुन भन्दा ठूलो कोही पनि नरहेको समेत उनको भनाई छ ।

 मल्लका बुवा धन बहादुर मल्लका दुबै किड्नीमा समस्या भएर बिरामी छन् । बिरामी बुवालाई भेट गरेर कैलालीबाट घर आउनेक्रममा मल्ललाई सवारी चेकजाँच गर्नेक्रममा बित्थड चेक पोष्टबाट पक्राउ गरिएको थियो । मल्ल अहिले प्रहरी हिरासत मै छन् ।  मल्लले चन्दा संकलनको धम्की, ज्यान मार्ने धम्की, संघ संस्था लाई भत्काई दिने आरोपमा पक्राउ गरेको समेत उपरिक्षक केसीले जानकारी दिनुभयो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ