arrow

चन्द समूहलाई मूलधारमा ल्याउनुपर्छ : कमल थापा

logo
प्रकाशित २०७६ वैशाख ५ बिहिबार
kamal-thapa-1.jpg.jpeg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले नेत्रविक्रम चन्द समूहका सम्भव भएका राजनीतिक मागलाई सम्बोधन गरी उनीहरुलाई मूलधारमा ल्याउनुपर्ने बताएका छन्  ।

उनले लोकतान्त्रिक मुलुकमा शान्ति र समृद्धि कायम गर्न उक्त समूहलाई निषेधको राजनीति गर्न नहुनेमा जोड दिँदै उनीहरुका हिंसात्मक गतिविधलाई भने नियन्त्रण गनुपर्ने बताए ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा प्रकरणमा संलग्न सबैलाई छानबिन गरी बडाइका साथ कारवाही गर्नुपर्ने बताउँदै उनले एनसेलको पूँजीगत लाभ कर असुल गर्न सरकारले गरेको गृहकार्यको सरहाना गरे।

धर्म निरपेक्षताको नाममा केही धार्मिक समूहले सनातन धर्ममाथि आक्रमण गरिरहेको बताउँदै उनले हिन्दू राष्ट्रका लागि आफूहरुले शुक्रबारदेखि देशभर सशक्त कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।

 हिन्दू राष्ट्र पुनःस्थापना लगायत २२ बुँदे माग राखी चरणबद्ध आन्दोलनमा होमिएको उक्त पार्टीले गत फागुन ७ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाई जनसंघर्षका कार्यक्रम गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ