arrow

सनी देवललाई मनाउन पुगे भाजपा अध्यक्ष अमित शाह

logo
प्रकाशित २०७६ वैशाख ८ आइतबार
sunny-deol.jpg

काठमाडौं । भारतमा लोकसभा चुनाव चलिरहदा सामाजिक सञ्जालमा भाजपा अध्यक्ष अमित शाह र बलिउड अभिनेता सनी देवलको तस्विर भाइरल भएको छ । यससँगै सनी देवल पनि राजनीतिमा आउनसक्ने अनुमान लगाइएको छ ।

अमृतसर लोकसभा सीटबाट कुनै वजनदार उम्मेदवारलाई मैदानमा उतार्न भाजपाको तयारी छ । सोहि अनुसार भाजपा राष्ट्रीय अध्यक्ष अमित शाह सनी देवललाई मनाउन देवल निवास पुगेका हुन्।

उनिहरु बिच भएको बैठकको निर्णय भने बाहिरिएको छैन ।  तर अमृतसरको लागि भाजपा र शाह कुनै कसर बाकी राख्न नचहाने बताउदै आएका छन् । भाजपा जुनसुकै हालतमा सनीलाई अमृतसरबाट उम्मेदवार बनाउने प्रयासमा छ ।

यसभन्दा पहिले भाजपाका बरिष्ठ नेताहरुको कयौ पटक सनी देवलसँग कुराकानी भैसकेको छ । तर सनी तत्काल राजनीतिमा आउन तयार नभएपछि अमित शाह उनलाई मनाउन पुगेका हुन्।

सनीले के निर्णय गर्नेछन् त्यो हेर्न बाकी छ । उनि माने भने अमृतसरमा भाजपालाई सजिलो हुनेछ । नत्र उम्मेदवार छान्न चुनौती देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ