arrow

कांग्रेसको जागरण अभियान दुई हप्ता पछि धकेलियो, ताम्राकारको निधनले शोकमा 

logo
प्रकाशित २०७६ वैशाख १० मंगलबार
congress-meeting2.jpg

काठमाडौं । नेपाली काँग्रेसको बुधबारदेखि हुने भनिएको राष्ट्रिय जागरण अभियान बैशाख २५ गतेसम्मका लागि सरेको छ । पार्टीका पूर्व कोषाध्यक्ष एवं पूर्व मन्त्री रामकृष्ण ताम्राकारको मंगलबार दिउँसो निधन भएपछि जागरण अभियान पछि धकेलिएको हो । 

मंगलबार दिउँसो ललितपुरको अल्का अस्पतालमा प्राण त्यागेका ताम्राकारको निधनपछि काठमाडौंमा उपलब्ध रहेका काँग्रेस केन्द्रीय सदस्यहरुको आकस्मिक बैठकले जागरण अभियान पछि सार्दै शोक मनाउने निर्णय गरेको हो। 

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार जागरण अभियानको पहिलो चरण बैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म हुनेछ । यसअघिको कार्यक्रम अनुसार बैशाख ११ देखि जेठ ११ गतेसम्म पहिलो चरणको जागरण अभियान राखिएको थियो । 

ताम्राकारको निधनपछि बुधबारको कार्यक्रम 
ताम्राकारको निधनमा शोक व्यक्त गर्दै पार्टीले बुधबार बिहान पार्टी मुख्यालय बीपीनगर सानेपामा ताम्राकारको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राखिने छ । 

बिहान १०ः३० बजे ताम्राकारको पार्थिव शरीरलाई पार्टी मुख्यालयमा राखिने भएको हो । त्यहाँ  सानेपामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र दिउँसो १ः३० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने कार्यक्रम रहेको जनाइएको छ।बुधबार काँग्रेसका कुनै पनि कार्यालयहरु खुल्ने छैनन् । त्यसैगरी बुधबारदेखि तीन दिन पार्टीको झण्डा झुकाइने छ।

१३ औं दिनको दिन बैशाख २२ गते सबै जिल्लामा शोकसभा गर्ने कार्यक्रम बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ