अन्नपूर्ण आधार शिविरबाट फर्कने क्रममा बेपत्ता विदेशी पर्यटकको उद्धार
प्रकाशित २०७६ वैशाख १२ बिहिबार
587
Shares
पोखरा । अन्नपूर्ण हिमाल चढेर आधार शिविरबाट फर्कने क्रममा बेपत्ता विदेशी पर्यटकलाई आज उद्धार गरिएको छ ।
अन्नपूर्ण–१ सफल आरोहण गरेर फर्कने क्रममा हिजो (बुधबार) मलेसियन नागरिक वि किन चिन बेपत्ता भएका थिए । उनलाई उद्धार गरिएको र भोलि पोखरा ल्याइने जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी गराए।
सिम्रिक एयरको हेलिकोप्टरबाट पुगेको टोलीले उद्धार गरेको र यस विषयमा थप जानकारी अहिले आउन नसकेको उनले बताए।