arrow

मौसमले बिगार्यो, कस्तो छ स्थिति

logo
प्रकाशित २०७६ वैशाख १३ शुक्रबार
weather2.jpg

काठमाडौँ । लगातार बिग्रिएको मौसम अझै सुध्रिन सकेको छैन । शुक्रबार पनि देशका विभिन्न स्थानमा बदली कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका पूर्वी क्षेत्रका भूभाग तथा मध्य र पश्चिमका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भूभागमा भने सामान्यतया मौसम सफा रहने अनुमान महाशाखाको छ ।

महाशाखाले पहाडी भूभागमा  आंशिक बदली र बांकी भूभागमा सामान्यतया सफा रहने छ । देशका पहाडी  भूभागका एक–दुइ स्थानमा मेघगर्जन  सहित हल्का वर्षाको संभावना रहेको पनि जनाएको छ । 

केही स्थानहरुमा चटयाङ परिरहेको अवस्थामा सचेत रहन समेत मौसमविद्हरुले आग्रह गरेका छन् । 

यतिबेला काठमाडौं उपत्यकामा एकाएक चिसो बढेको छ । केही स्थानमा सिमसिम पानी परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ