काठमाडौँ । लगातार बिग्रिएको मौसम अझै सुध्रिन सकेको छैन । शुक्रबार पनि देशका विभिन्न स्थानमा बदली कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका पूर्वी क्षेत्रका भूभाग तथा मध्य र पश्चिमका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भूभागमा भने सामान्यतया मौसम सफा रहने अनुमान महाशाखाको छ ।
महाशाखाले पहाडी भूभागमा आंशिक बदली र बांकी भूभागमा सामान्यतया सफा रहने छ । देशका पहाडी भूभागका एक–दुइ स्थानमा मेघगर्जन सहित हल्का वर्षाको संभावना रहेको पनि जनाएको छ ।
केही स्थानहरुमा चटयाङ परिरहेको अवस्थामा सचेत रहन समेत मौसमविद्हरुले आग्रह गरेका छन् ।
यतिबेला काठमाडौं उपत्यकामा एकाएक चिसो बढेको छ । केही स्थानमा सिमसिम पानी परेको छ ।