arrow

पाण्डे हत्याको चार वर्षपछि अनुसन्धान

logo
प्रकाशित २०७६ वैशाख १७ मंगलबार
dead2.jpg

पोखरा । पोखरा नयाँ बजारका सूर्य पाण्डेको हत्या भएको चार वर्षपछि अनुसन्धान शुरु भएको छ । विसं २०७१  फागुन ७ गते  नयाँबजारको तुलसीघाटमा पाण्डेको शव भेटिएको थियो ।

आफन्तले हत्या भएको भन्दै तत्काल प्रहरीमा केही  शङ्कास्पद व्यक्तिको नामसहित किटानी जाहेरी दिँदा  चासो नदिइएको आफन्तको आरोप छ । लामो समयसम्म छोराको हत्यारालाई पक्राउ नगरिएको भन्दै  पाण्डेकी आमाले न्यायका लागि मानवअधिकारवादी र पत्रकारलाई गुहार्दै आएकी थिइन् ।

सो घटनाका बारेमा राष्ट्रिय मानवअधिकार आयोगले विशेष चासो देखाएर अनुसन्धान अघि बढाएपछि गत शुक्रबार किटानी जाहेरीपछि प्रहरीले घटनामा संलग्न रहेको भन्दै तीन जनालाई आइतबार पक्राउ गरेको हो । आयोगको पहलमा प्रदेशको एसआइटीले समेत विशेष चासो देखाएर अनुसन्धान थालेपछि जिल्ला प्रहरी कार्यालयले आरोपीलाई पक्रन बाध्य भएको हो ।

 पाण्डेको हत्याको आरोपमा कास्की प्रहरीले पोखरा महानगरपालिका ९ बस्ने माइला भनिने बुद्धि श्रेष्ठ तथा उनका साथी पोखरा ९ बस्ने ध्रुव मानन्धर र ध्रवका दाइ रामचन्द्र मानन्धरलाई पक्राउ गरेको छ ।

उनीहरुलाई सोमबार म्याद थप गरेर कास्की प्रहरीको हिरासत कक्षमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ