arrow

के हो रहस्यमयी यती ? कहाँ कहाँ भेटिए पाइला ?

logo
प्रकाशित २०७६ वैशाख १८ बुधबार
yeti1.jpg

काठमाडौं ।  भारतीय सेनाले नेपालको मकालु हिमालमा यतीको पाइला भेटिएको दावी गरेका छ। सेनाका अनुसार सो पाइला रहस्यमयी हिममानव 'येती' को पैतालाको निशान हुन सक्छ ।

सेनाले मंगलबार ट्विटरमा पाइलाको तस्वीर पनि शेयर गरेको थियो । योसँगे यतीलाई लिएर वर्षो पुरानो प्रश्न पुन: चर्चामा आएको छ । सेनाका एक अधिकारीले ट्वीटमा भने , 'हाम्रो पर्वतारोही टोलीले गत ९ अप्रिलमा मकालु बेस क्याम्पको नजिक पहिलो पटक हिउमा 'येती' को पैतालाको पाइला भेटाएको । पाइला ३२ इन्च लामो र १५ इन्च चौडा छ ।' तस्वीरमा कुनै विशाल प्राणीको निशान देख्न सकिन्छ ।

सन् १८३२ मा पहिलो पटक यतीको चर्चा भएको थियो । पर्वतारोही बीएच होजशनले 'येती' को बारेमा उल्लेख गरेका थिए ।  बंगालको एशियाटिक सोसाइटीको जर्नलमा उनले 'येती' बारेमा बताएका थिए ।  उनले हिमालयको ट्रेकिंग गरिरहेको क्रममा एक विशालकाय प्राणीलाई देखेको जनाएका थिए ।
 
इतिहास र पौराणिक कथाहरुमा बर्णन गरिए अनुसार 'येती' को बासस्थान हिमालय, साइबेरिया, मध्य र पूर्वी एशिया हो । यो एक विशाल बादरको जस्तो देखिन्छ । यतीको पूरा शरीर रौले ढाकिएको हुन्छ । यती भारत, नेपाल र तिब्बतको हिमानली क्षेत्रहरुमा देखिएको चर्चा भइरहन्छ ।

'यती' हिउँको पर्वतमा बस्ने विश्वास गरिन्छ । जहां मानिसहरु पुग्न असम्भव प्राय हुन्छ । आफ्नो सुरक्षाको लागि यतीले हातमा पत्थरको औजार बोकेको हुन्छ । यसको आवाज पनि अनौठो हुन्छ।  

'येती' संसारको सबैभन्दा रहस्यमयी प्राणिहरु मध्ये एक हो । जसको कथा वर्षों पुरानो हो । सन् १९२० मा पनि नेपालको मकालु-बारूण राष्ट्रीय निकुञ्जमा यसलाई देखिएको दावी गरिएको थियो । लद्दाखका केहि बौद्ध भिक्षुहरुले यसलाई देखेको बताएका थिए ।  

यतीलाई कयौ नामबाट चिनिन्छ । भारतको हिमाचल प्रदेशका मानिसहरु येतीलाई मेह-तेह भन्छन् भने तिब्बतमा यसलाई 'मिचे' भनिन्छ जसको अर्थ मानिस जस्तै भालू हुन्छ ।

शोधकर्ताहरुले 'येती' लाई ध्रुवीय र भूरे भालुको क्रस ब्रीड अर्थात हाइब्रिड नस्ल बताएका छन् । केहि वैज्ञानिक यसलाई एक विशाल जीव मान्छन् जुन मानिसको जस्तै दुई खुट्टाले हिड्छ ।   सन् २०१७ मा  वैज्ञानिकहरुले हिमान्चलबाट येतीको रौ संकलन गरेका थिए जुन जांचमा भालूको नमूना ठहरियो ।

मकालुमा यती रहेको अनुमान, भारतीय सेनाले खिच्यो पाइलाको तस्वीर



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ