arrow

१० जना पत्रकारको हत्या, १७४ जनालाई जेल सजाय, नेपालको अवस्था झनझन खस्किँदो 

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
world-press-freedom.jpg

काठमाडौं। आज मे ३ विश्वभर २६ औँ प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ। सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घले घोषणा गरेपछि युनेस्कोले हरेक वर्ष मे ३ का दिन विश्वभर यो दिवस मनाउँदै आएको छ। नेपालमा भने यो दिवस सन् १९९६ देखि मनाउन थालिएको हो। प्रेस स्वतन्त्रताका आधारभूत सिद्धान्तको समीक्षा, प्रेस स्वतन्त्रताका अवस्थाको मूल्यांकन, प्रेस स्वतन्त्रता उल्लङ्घन विरुद्ध आवाज उठाउने र आफ्नो दायित्व बहन गर्ने क्रममा ज्यान गुमाउने पत्रकारप्रति श्रद्धाञ्जली अर्पण गर्दै विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइन्छ। 

नेपालको अबस्था 
पछिल्लो ४ वर्षको अबस्था हेर्दा नेपालमा प्रेस स्वतन्त्रताको अबस्था खस्किँदै गएको छ । रिपोटर्स विद आउट बोर्डर्स् (आर.एस.एफ) ले निकालेको प्रतिवेदन अनुसार, नेपाल प्रेस स्वतन्त्रता कम हुने मुलुकको सूचीमा १ सय ६ औं नम्बरमा परेको छ । यो अबस्था २०१५ देखिको नराम्रो हो । २०१५, २०१६ र २०१७ मा सूचीको १०५ औं नम्बरमा परेको नेपाल २०१८ र यो वर्ष १०६ औं स्थानमा धकेलिएको हो। नेपालमा प्रेस स्वतन्त्रता कमजोर हुनुमा, बिना पूर्जी पत्रकार पक्राउ, पार्टी कार्यकर्ता र सुरक्षाकर्मीबाट समेत हुने गरेको कुटपिट लगायतका छन्।

ओली सरकारले प्रेस स्वतन्त्रतका लागि तत्काल कदम चाल्नुपर्ने पनि रिपोर्टले औंल्याएको छ । साथै नेपालको संबिधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रावधान समेटे पनि, फौजदारी संहितामा समेटिएका कतिपय प्रावधानले स्वतन्त्रपूर्वक सूचना संकलन गर्न बाधा पुगेको आरएसएफको ठहर छ। साथै सरकारका प्रविनिधिहरुले नै निरन्तर रुपमा मिडिया बिरोधी अभिव्यक्ति दिनु र उनीहरुका आरोप सरकार नियन्त्रित पत्रपत्रिका, रेडियो र टीभीले प्राथमिकतामा राखेर प्रचार गरेको पनि रिपोर्टमा उल्लेख छ।

कार्वाही गर्न सक्ने चुनौती र खटिएका स्थानमा निरन्तरको हिंसाका कारण नेपालमा स्वतन्त्र संचार माध्यममा काम गर्ने पत्रकारले कठिन अबस्थाको समाना गर्नु परेको आएएसएफको रिपोर्टमा छ। हालै मात्र फ्रिडम फोरमले निकालेको प्रतिवेदनले केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि, मुलुकमा प्रेसमाथिको दमन दोब्बर बढेको देखाएको थियो। 

विश्व परिदृश्य : प्रेस स्वतन्त्रता राम्रो भएको मुलुकमा बस्ने जनसंख्या ९ प्रतिशत मात्रै 
प्रेस स्वतन्त्रता दिवसको सन्दर्भ पारेर रिपोटर्स विद आउट बोर्डर्स् (आर.एस.एफ) ले निकालको प्रतिवेदन अनुसार, गएको एक वर्षमा, विश्वभरमा १० जना पत्रका मारिएका छन्। त्यस्तै १ जना नागरिक पत्रकार र एकजना मिडिया सहयोगीको पनि हत्या भएको छ। यो अबधीमा १७४ जना पत्रकार, १५० नागरिक पत्रकार र १७ जना मिडिया सहयोगीलाई जेल सजाय भएको आर एफ एस ले जनाएको छ। विश्वका ९ प्रतिशत जनसंख्या मात्रै प्रेस स्वतन्त्रता राम्रो भएको मुलुकमा बस्ने गरेको छ। समग्रमा ९१ प्रतिशत जनसंख्या, प्रेस स्वतन्त्रता समस्याग्रस्त अबस्थामा रहेका मुलुकमा बस्ने गरेको छ । 

त्यस्तै ७४ प्रतिशत जनसंख्या प्रेसको अवस्था ज्यादै कठिन वा गम्भीर भएका मुलुकमा बस्छ। यस्तो अबस्था चीन, रसिया र साउदी अबर मात्रै होइन, प्रजातान्त्रिक मुलुक भनिएका मेक्सिको र भारतमा पनि छ। यो तथ्यांक विश्व बैंकको जनसांख्यिक तथ्यांक र विश्व प्रेस स्वतान्त्रता सम्बन्धी आरएसएफको २०१९ को सूचांकको आधारमा तयार पारिएको हो। गएको ५ वर्षयता विश्व प्रेस स्वतन्त्रताको अबस्था ११ प्रशितले खस्किँदो अबस्थामा देखिएको छ। यसको कारण ठूलो जनसंख्या भएका मुलुकमा हुने गरेको प्रेसमाथिको दमन कारकको रुपमा देखिएको छ। जस्तोः भारत र चीनको कुल जनसंख्या २ अर्ब ७७ करोड बढी छ(भारत १ अर्ब ३६ करोड, चीन १ अर्ब ४१ करोड।  सन २०१९ मा मात्रै १० जना पत्रकार मारिएका छन्। अफगानिस्तान र मेक्सीकोमा तीन, तीन तथा  घाना, होण्डुरस, लिबया र बेलायतमा एक एक पत्रकारको हत्या भएको छ।

भारत सूचांकको १ सय ४० औं र चीन १७७ औं स्थानमा छन्। दुबै देशमा प्रेस स्वातन्त्रताको अबस्था खराब छ। जबकि, प्रेस स्वतन्त्रता राम्रो भएका नर्वेको जनसंख्या ५४ लाखको हाराहारीमा मात्रै छ। सबभन्दा प्रेस स्वतन्त्रता सबभन्दा राम्रो भएको मुलुक नवर्ने हो। सूचांकमा नर्वेको ७.८२ अंक छ। त्यस्तै ७.९ अंक पाएको फिनल्याण्ड दोश्रो, स्वीडेन तेश्रो, नेदरल्याण्ड्स चौथो, डेनमार्क पाचौं, स्वीजरल्याण्ड छैटौं र न्यूजिल्याण्डन् सातौं नम्बरमा पर्दा, जमैका आठौं, बेल्जियम नवौं र कोष्टारिका दशैौं नम्बरमा छन्। सूचीमा, बेलायत  ३३ औं र अमेरिका ४८ औं स्थानमा छन्। 

सूचीको अन्तिम स्थानमा तुर्कमिनिस्तान १८० र उत्तर कोरिया १७९ औं स्थानमा छन् । साउदी अरेबिया १७२, जिबोटी १७३, सिरिया १७४, सुडान १७५, भियतनाम १७६, चीन १७७ र इरिट्रिय १७८ औं स्थानमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ