भाउजुसँग सल्किएका देवरले पेट्रोल छर्केर जलाए श्रीमती, दुवै पक्राउ
निरजन कुमार साह,
प्रकाशित २०७६ वैशाख २७ शुक्रबार
351
Shares
जनकपुरधाम । धनुषामा आफ्नै श्रीमतीलाई आगो लगाई हत्या गर्ने श्रीमान पक्राउ परेका छन । धनुषा प्रहरीले वैशाख ५ गते आफ्नै श्रीमतीलाई जीउँदै जलाउने धनुषा शहिदनगर नगरपालिका वडा नम्बर १ बस्ने २४ वर्षका श्रीमान् मुकेश गोइत यादव र आगो लगाउन उक्साउने २५ वर्षीया भाउजु श्यामादेवी यादवलाई प्रहरीले बिहिबार सार्वजनिक गरेका छन ।
गत वैशाख ५ गते राति खाना बनाउँदै गरेकी निर्मलादेवी यादवलाई भाउजु श्यामाको इशारामा मुकेशले शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकार समेलन गरि जानकारी दिएका छन ।
भाउजु श्यामा देवि र देवर मुकेशबिच लामो समयदेखी अवैध यौनसम्बन्ध रहदै आएको प्रहरीसमक्ष मुकेशले वयान दिएका छन । भाउजु सँगकै अवैध यौन सम्बन्धले उनको परिवारमा पट्क पट्क बिवाद हुँदै आएको थियो । घट्ना हुने दिन पनि झगडा भएको थियो ।
निर्मलाको उपचारका क्रममा बैशाख १६ गते काठमाडौंमा मृत्यु भएको थियो । पक्राउ परेका देबर र भाउजु दुवै जनामाथि कर्तव्य जान मुद्दा चलाइने पत्रकार समेलन मा बताए ।