arrow

जनआन्दोलनमा जेल परेका आचार्यको निधन, कांग्रेसद्वारा दुःख व्यक्त

logo
प्रकाशित २०७६ वैशाख २७ शुक्रबार

नेपाली कांग्रेसले पर्वत पार्टीका पूर्व सचिव सोमलाल आचार्यको निधनमा दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी गत वैशाख २५ गते निधन भएका आचार्यप्रति दुःख व्यक्त गरेको हो ।

आचार्यले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रियतापूर्वक सहभागी भएका आचार्य २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा जेल परेका थिए ।  

कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा आचार्यले पुर्‍याएको योगदानको स्मरण गर्दै गहिरो दुःख व्यक्त गरेको छ । कुश्मा नगरपालिका–५ निवासी स्वर्गीय आचार्यका दुई छोरी र दुई छोरा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ