arrow

संचारकर्मी सुरज श्रेष्ठ रहेनन्, आवाजको सम्झनामात्र

logo
प्रकाशित २०७६ वैशाख २८ शनिबार
suraj-shrestha.jpg

काठमाडौं । बुलन्द आवाजले चर्चित संचारकर्मी सुरज श्रेष्ठको निधन भएको छ । लामो समयदेखि मोर्टार न्यूरोन डिजिज (एमएनडी) बाट पीडित श्रेष्ठको ४५ वर्षको युवा अवस्थामै निधन भएको हो । 

श्रेष्ठको चाबहिलको ओम अस्पतालमा शनिबार बिहान २ः१५ बजे निधन भएको हो । 

यो त्यस्तो नसासम्बन्धी रोग हो जुन विरलै मानिसमा लाग्ने गर्छ । उनको हातगोडा नचल्ने, बोलीसमेत नआउने लगायतका समस्याहरु भएका थिए । 

उनी इमेज एफ एमका पूर्व स्टेशन म्यानेजर थिए । चार वर्ष अगाडिदेखि उनी बिरामी थिए । बुलन्द स्वरका कारण चर्चामा रहने श्रेष्ठका थुप्रै गीतमा प्रोमोहरु रहेका छन् । 

उनले थुप्रै म्युजिक भिडियोहरु निर्देशन गरेका थिए । 

उनको पशुपति आर्यघाटमा अन्त्येष्टि हुँदैछ । श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ