arrow

स्रष्टाहरूको पहिलो रोजाइमा थिए सुरज, शनिवार उज्यालो नहुँदै अस्ताए

logo
प्रकाशित २०७६ वैशाख २८ शनिबार
Suraj-shresthe-last-tribute.jpg

काठमाडौं । बुलन्द आवाजले चर्चित संचारकर्मी सुरज श्रेष्ठको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । पारिवारिक सदस्य, सहकर्मी र शुभेच्छुकहरूले उनलाई अन्तिम विदाई गरे । श्रेष्ठका छोराले दागवत्ती दिए I

श्रेष्ठको अन्तिम विदाइमा उनीसँगै काम गरेका नेपाली सांगितिक क्षेत्रका स्रष्टाहरू सहभागी थिए ।

लोकप्रिय संगितकार तथा गायक राजनराज शिवाकोटीले श्रेेेष्ठको निधनले नेपाली सांगितिक क्षेत्रले असल प्रतिभा गुमाएको टिप्पणी गरे ।

श्रेष्ठसंगै म्युजिक भिडियो बनाउँदा काम गरेकी गायिका मिलन अमात्यले श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको बताइन ।

इमेज एफ एममै श्रेष्ठले काम गर्न प्रेरणा दिएको दिन सम्झदै गायिका प्राश्ना शाक्यले देशले असल स्रष्टा र आफूले असल अभिभावक गुुुमाएको बताइन्।

लामो समयदेखि मोर्टार न्यूरोन डिजिज (एमएनडी) बाट पीडित श्रेष्ठको ४५ वर्षको उमेरमै निधन भएको हो । 

श्रेष्ठको चाबहिलको ओम अस्पतालमा शनिबार बिहान २ः१५ बजे निधन भएको हो । नेपाली सांगितिक क्षेत्रका उज्याला सुरज शनिवार उज्यालो नहुँदै अस्ताय I उनको निधनमा सांगितिक क्षेत्रसँगै सिर्जनशिल क्षेत्र र उनको आवाज र सिर्जनाका पारखी शोकमा डुबेका छ्न् ।

यो त्यस्तो नसासम्बन्धी रोग हो जुन विरलै मानिसमा लाग्ने गर्छ । उनको हातगोडा नचल्ने, बोलीसमेत नआउने लगायतका समस्याहरु भएका थिए । 

अन्तिम समयसम्म पनि उनको ब्रेन चाहि सक्रिय थिए। शारिरिक अस्वस्थ हुँदा पनि उनी सामाजिक सञ्जालमा अपडेट थिए ।

उनी इमेज एफ एमका पूर्व स्टेशन म्यानेजर थिए । चार वर्ष अगाडिदेखि उनी बिरामी थिए । बुलन्द स्वरका कारण चर्चामा रहने श्रेष्ठका थुप्रै गीतमा प्रोमोहरु रहेका छन् । स्रष्टा र सिर्जनालाई न्याय गर्ने कारण उनी धेरैको रोजाइमा पर्थे ।

 थुप्रै चर्चित र लोकप्रिय म्युजिक भिडियोहरु निर्देशन गरेका थिए । उनका हरेक म्युजिक भिडियोमा केहि न केेेहि सन्देश छोडने कारण पनि लोकप्रिय थियो I

श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् ।  

नेपाली गीतको अडियो भिडियोमा प्रयोग गर्न रूचाउने श्रेष्ठ कर्म र आवाजकै कारण परिचित थिए । समकालिनहरु माझ क्षमतावान श्रेष्ठ आफ्ना सिर्जना छोडेर गएका छन् I पछिल्लो दशकमा सर्वाधिक लोकप्रिय म्युजिक भिडियो निर्देशक सुरज श्रेष्ठप्रति हाम्रो पनि शब्द श्रद्धा । अलविदा सुरज दाई ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ