arrow

मिडिया काउन्सिल विधेयक फिर्ता लिन सरकारलाई सुझाव

logo
प्रकाशित २०७६ वैशाख ३१ मंगलबार
balkrishna_khad11.jpg

काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विधेयक प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई कुष्ठित गर्ने ढङ्गबाट मिडिया काउन्सिल विधेयक आएकाले त्यसलाई फिर्ता लिन सरकारलाई सुझाव दिएका छन् ।

उनले भने, “मानवअधिकारको खण्डित गर्ने होइन, मौलिक हकको रक्षा गर्ने ढङ्गबाट विधेयक ल्याइयोस्, बालबालिकाको शिक्षासम्बन्धी हक तथा ज्येष्ठ नागरिकको हकअधिकार सुनिश्चित गर्नेतर्फ पनि सरकारले विशेष ध्यान पुर्‍याओस् ।

सरकारले प्रस्तुत नीति तथा कार्यक्रम तथा विधेयकका प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्ने क्रम नै नमिलेको बताउँदै उनले भने, “आगामी बजेट बनाउँदा संविधान पढेर मौलिक अधिकार कार्यान्वयन गर्न सहयोग पुग्ने ढङ्गबाट बनाइयोस् ।’’
 
नेकपाका सांसद सुजिता शाक्यले आगामी बजेटलाई महिलामैत्री बनाउन र सामाजिक सुरक्षालगायतका रकमको सदुपयोगका लागि राष्ट्रिय परिचयपत्र बनाउने कामलाई पनि प्राथमिकता राखिनुपर्छ भनिन् ।

 उनले भनिन्, “गम्भीर प्रकृतिको रोगको उपचारका लागि सरकारले सहयोग उपलब्ध गराउने नीतिलाई परिमार्जन गरी बीमामार्फत् उपचार गराउने व्यवस्था गर्न तथा हाम्रा अमूल्य जडीबुटीको धेरैभन्दा धेरै उपयोग गर्न प्रशोधन केन्द्र स्थापना गर्न बजेटले ध्यान पुर्‍याउनुपर्छ ।

यसैबीच, अर्थमन्त्री डा युवराज खतिवडाले  विनियोजन विधेयकमाथि सांसदले उठाउनुभएको प्रश्नको आजै जवाफ दिनु हुने कार्यसूची छ । बैठक जारी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ